हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, ४ माघ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा बधाई तथा प्रवचन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा बालाखु बज्र होटलमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि गोसाईले भन्नुभयो, “गुठी सञ्चालन त सिस्टम र विधानले चल्नुपर्छ भने देश चलाउने सरकारका नेताहरूमा न नीति न विचार र सिद्धान्त छ । शासक नेताहरूको अकर्मण्यताले देश र जनताले दुःख पाएका हुन् ।”
उहाँले विदेशीले हाम्रो देशमा कमजोर सरकार बनाई देशको स्रोत साधन लुट्ने काम गरिरहेको छ भन्नुभयो । ठुला शासक पार्टीमा भइरहेको गोलमाल, नेता कार्यकर्ताबिचको अन्तद्र्वन्द्व, विश्वासमा सङ्कट, पैसा र पद लोभी भएकै कारणले विदेशी पैसाले सञ्चालित हुँदा शिर ठाडो गर्ने ठाउँ नरहेको उहाँले बताउनुभयो ।
उहाँले निर्वाचनमा विदेशी पैसाले जित्ने दलले नेपाल र नेपाली जनताको हितमा काम नगर्ने विचार व्यक्त गर्दै अमेरिकी कानुन लागू हुने एमसीसी सम्झौता सार्वभौम देशमाथिको हस्तक्षेप हो भन्नुभयो । उहाँले भदौ २३ र २४ गतेको उपद्रो अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहयोगमा भएको हुनसक्ने बताउनुभयो ।
भेनेजुयलाका राष्ट्रपति मादुरोको अपहरणको विरोध गर्दै उहाँले हतियार व्यापारमा टिकेको अमेरिकाले तेस्रो विश्व युद्धमा धकेल्ने सम्भावना रहेको बताउनुभयो । उहाँले युद्धले विश्वको अर्थतन्त्र खस्केको बताउँदै पर्यटन क्षेत्रसमेत डामाडोल भएको बताउनुभयो । उहाँले राजनीति घमण्ड र दम्भले होइन नैतिकता र आदर्श विचारले चल्छ भन्नुभयो ।
नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखुले उद्योग वाणिज्य सङ्घले तल्लो वर्गका व्यापारीहरूलाई उत्थान गर्न सदस्य दिई निम्न र राष्ट्रिय पँुजीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको थियो । भक्तपुर उद्योग वाणिज्य सङ्घको ३८ औँ साधारणसभा र अधिवेशनले सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएका गौतम सुजखुलाई अतिथि सुरेन्द्रराज गोसाईले सम्मान गर्नुभएको थियो ।
Leave a Reply