भर्खरै :

हरेक कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय धर्म निर्वाह गर्नुपर्ने

हरेक कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय धर्म निर्वाह गर्नुपर्ने

ललितपुर, ४ माघ । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित भेलामा बोल्दै पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपाली कामदारवगर््को पक्षमा नेमकिपाले पाँच दशकभन्दा लामो समयदेखि सङ्घर्ष जारी राखेको चर्चा गर्दै विचार, सिद्धान्त र नैतिकताको आधारमा इमानदारीपूर्वक जनपक्षीय राजनीतिमा लागिरहेको प्रस्ट पार्नुभयो ।
नेमकिपाले सुस्ता बचाउ आन्दोलनदेखि, सीमा अतिक्रमण, महाकाली सन्धिलगायतका असमान सन्धि–सम्झौताविरूद्ध सदन र सडकमा सङ्घर्ष चालू राखेको उल्लेख गर्दै उहाँले भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीको विरोधबिना देशभक्तिपूर्ण आन्दोलन अधुरो हुने विचार व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले अन्तर्राष्ट्रवादी धर्म हरेक कम्युनिस्टले निर्वाह गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै विगतमा भएका भियतनाम युद्ध, कोरिया युद्धदेखि अमेरिकी साम्राज्यवादले इराक, सिरिया, अफगानिस्तान, प्यालेस्टिन र पछिल्लो समय भेनेजुयलामा गरेका हमलाहरूको विरोध गर्दै छ भन्नुभयो ।
उहाँले संसारमा भएका अन्यायपूर्ण युद्धको विरोध नगरी विश्वशान्ति स्थापना होस् भन्ने आशा गर्नु उपयुक्त नहुने बताउनुभयो ।
नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलको अध्यक्षतामा भएको भेलामा महन्त महर्जन, रमेश वैद्य, सुनकेस्रा शाहीलगायतले पनि नेमकिपाको सङ्घर्षबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *