अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण २ वडा समितिको आयोजनामा मङ्गलबार दुवाकोट दोखातिलामा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले भन्नुभयो, “राजनीतिक दल आदर्श समाज निर्माण गर्न स्थापना भएको हुन्छ । नेपाल मजदुर किसान पार्टी यही उद्देश्यको लागि स्थापना भएको हो । पार्टीको जननिर्वाचित प्रतिनिधिहरू भएको भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरू सञ्चालन गरी ७७ जिल्लाकै जनतालाई उच्च शिक्षा अध्ययन गराएको छ ।”
उहाँले थप्नुभयो, “नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य सेवा निःशुल्क, युवालाई स्वदेशमै रोजगारीको व्यवस्था हुनुपर्ने विषय सडक र संसद्मा उठाउँदै आएको छ । आगामी दिनमा पनि यो सङ्घर्षलाई पार्टीले छोड्ने छैन ।”
“शासक दलहरूले देश र जनताको इमानदारीपूर्वक सेवा नगरेको हुँदा भदौ २३ र २४ गतेको घटना घटेको खुलिरहेको छ । सो घटनामा साम्राज्यवादी र विस्तारवादको घुसपैठ भएको सार्वजनिक भइरहेको छ । संरा अमेरिकी साम्राज्यवादबाट अनुदान प्राप्त गैरसरकारी संस्था NED र IRI भदौ २३ र २४ गतेको घटनामा संलग्न रहेको अमेरिकी पत्रकार र लेखकहरूले नै खुलाएका छन् ।” सचिव सुवालले आँैल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेपाल मजदुर किसान पार्टी स्थापनाको आधार किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरुद्धको आन्दोलन रहेको स्पष्ट पार्नुभयोे ।
कार्यक्रममा गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply