भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
चितवन, १३ माघ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति चितवनको आयोजनामा मङ्गलबार कोराकमा कार्यकर्ता भेला तथा प्रशिक्षणात्मक कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तर नउठेको प्रसङ्ग उल्लेख गर्दै पुँजीवादी व्यवस्थामा गरिब या शोषित पीडित जनताको पक्षमा खासै चासो राख्दैन भन्नुभयो ।
देशलाई खरानी बनाउने व्यक्तिहरू निर्वाचनमा क्रियाशील भइरहेको उल्लेख गर्दै उहाँले वैदेसिक रोजगारीको नाउँमा नेपालीलाई विदेश पठाएर विदेशी दास बनाउन सरकारले बाध्य पारिरहेको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरूले उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण गर्न जोड दिन्छन् । दल सिद्धान्त र विचारअनुसार चल्नुपर्छ । दक्षिणपन्थी अवसरवाद र वामपन्थी अवसरवादको विरोध गर्नुपर्छ । देशघाती र जनघाती विधेयकको विरोध गर्नुपर्छ ।”
चितवन क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुन प्रजाले काम गरी खाने वर्गलाई शासकवर्गमा पु¥याएर गरिब जनताको निम्ति आवाज उठाउने पार्टी नेमकिपा रहेको विचार व्यक्त गर्नुभयो ।
“नेमकिपालाई भोट दिनु भनेको सार्वभौमसत्ता रक्षा गर्नको लागि हो, शोषणरहित समाज स्थापनाको पक्षमा हो† सीमा अतिक्रमणको विरोध गर्न हो ।” उहाँले भन्नुभयो ।
नेमकिपा रत्ननगर समितिका विष्णु शर्माले संयुक्त राज्य अमेरिकाले विश्वमा आतङ्क मच्चाएर असुरक्षित बनाइरहेको चर्चा गर्दै जनताको सांस्कृतिक स्तर उठाउन, नैतिकवान्, चरित्रवान् र देशभक्त बनाउन सचेत पारिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवालले महिलाहरू राजनीतिक, सामाजिक, सांस्कृतिक र वैचारिक रूपमा सक्रिय भएमा देश अघि बढ्ने विश्वास व्यक्त गर्दै नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ सांस्थाभित्र पसेर जनताको सेवा गर्न निर्वाचनमा भाग लिइरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति चितवनका अध्यक्ष हरिप्रसाद दुवालको सभापतित्वमा भएको सो प्रशिक्षणात्मक कार्यक्रममा उहाँले मजदुर किसानका छोराछोरीलाई राजनीतिक रूपमा सचेत पारिरहेको बताउनुभयो भने नेक्राविसङ्घका प्रकाश चेपाङले काम गरी खाने वर्गको पक्षमा नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
कार्यक्रममा ज्ञानेन्द्र चेपाङले पनि बोल्नुभएको थियो ।
Leave a Reply