अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १४ माघ । जनतामा लडाकु भावना जीवित भए देश जोगिने हुँदा नयाँ पुस्तालाई देशभक्ति भावनाले सुसज्जित गर्नुपर्दछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टी, मध्यपुर थिमि ८ वडा समिति, बोदेको आयोजनामा भएको नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले व्यक्त गर्नुभएको हो ।
उहाँले नयाँ पुस्तालाई राजनीतिक र वर्गीय भावना जगाउँदै विदेशीको षड्यन्त्रबाट देश जोगाउनु आवश्यक रहेको विचार राख्नुभयो ।
उहाँले अज्ञानताको पछाडि दौडिनु पनि अन्धविश्वास भएको हुँदा तथ्य कुरा बुझी सचेतताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । धैर्यवान भएर सक्रियताका साथ अगाडि बढे जस्तोसुकै समस्या पनि समाधान हुने कुरा उहाँले आँैल्याउनुभयो ।
नेमकिपाबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवार रमेश वैद्यले देशमा व्याप्त भ्रष्टाचार र वैदेशिक हस्तक्षेपको विरुद्ध जनतालाई सुसूचित गर्न जनताका सही उम्मेदवारलाई जिताउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । नेमकिपाले शिक्षालाई उत्पादन श्रमसँग जोड्न, नयाँ पुस्तालाई प्रविधिको व्यवहारिक कार्यसँग साक्षात्कार गराई रोजगारी सिर्जना गर्न, व्यापार घाटा अन्त्य गरी आर्थिक रूपमा देशलाई आत्मनिर्भर बनाउन सशक्त आवाज उठाउने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा प्राध्यापक समाज, नेपालका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले नेमकिपाले आसन्न संसदीय निर्वाचनलाई अमेरिकी साम्राज्यवादी षड्यन्त्र र आक्रमणको विरुद्धमा सुसूचित गर्ने अभियानको रूपमा उपयोग गर्ने कुरा प्रस्ट्याउनुभयो ।
नेमकिपाबाट समानुपातिक उम्मेदवार दीक्षा बाडेले जनताका असल नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रम नेमकिपा, मथिनपा ८ बोदे एकाइ समितिका अध्यक्ष सुरेन्द्र थाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रुकेश कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply