भर्खरै :

“गोरखापत्र” दैनिक र निर्वाचन आचारसंहिता

“गोरखापत्र” दैनिक र निर्वाचन आचारसंहिता

निर्वाचन उम्मेदवारहरूको लागि जनताको विश्वास प्राप्त गर्ने अवसर हो । यस अर्थमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन देशभरिका सबै राजनीतिक दल र उम्मेदवारहरूको लागि चुनौती नै हो ।
निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई मात्र निर्वाचन चुनौती नहोला । तर, माघ १४ गतेको गोरखापत्र राष्ट्रिय दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचारको शीर्षक ‘भक्तपुर— १ मा नेमकिपालाई चुनौती’ पक्षपातपूर्ण र निर्वाचन आचारसंहिता उल्लङ्घन उन्मुख छ । यो शीर्षकमाथि निर्वाचन आयोगको ध्यानाकर्षण हुनु आवश्यक छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने समाचार शीर्षक, समाचार एवम् लेख प्रकाशित नगर्न गोरखापत्र दैनिकका सम्पादकको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।
एक पाठक
झापा—५

Leave a Reply

Your email address will not be published. Required fields are marked *