इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टी, भनपा १० वडा समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा हुने प्रगतिशील गीत प्रतियोगिताको तयारी भेला बुधबार भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अधिकांश गीतहरू प्रगतिशील गीत नभएको उल्लेख गर्दै समाजमा व्याप्त विकृति, विसङ्गति, प्राकृतिक प्रकोप र सङ्कट औँल्याई त्यस्ता समस्याहरू समाधानका उपायहरू जनतामाझ पु¥याउने गीतहरू नै प्रगतिशील गीत हो भन्नुभयो ।
उहाँले समाजमा भएका अन्धविश्वास, कुरीति, कुसंस्कार, अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज बुलन्ड गरी समाजलाई सकारात्मक परिवर्तनको लागि प्रेरित गर्ने, सचेत र सङ्गठति पार्नसक्ने शक्ति प्रगतिशील गीतहरूमा हुने बताउनुभयो ।
पुँजीवादी शासन व्यवस्थाले गरिबवर्ग मजदुर–किसानको हित नहुने उल्लेख गर्दै उहाँले समाजवादी व्यवस्थामा मात्र मजदुर किसानको हित र सन्तुलित रूपमा देश विकास हुने बताउनुभयो ।
अहिलेको समय प्रविधिमैत्री भएको र साइबर आतङ्कले जनतालाई भ्रमित पारिरहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्चालको असत्य कुराको प्रचारप्रसार र लहलहैमा नलागि सत्य तथ्यबारे बुझेरमा मात्र निर्वाचनमा आफ्नो अमूल्य मत दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका कुनै पनि नेताहरूले अहिलेसम्म देशघाती काम नगरेको उल्लेख गर्दै उहाँले देशघाती सन्धि सम्झौताहरूबारे जनतालाई सुसूचित पार्ने र विरोध गर्ने काम गरिरहेको बताउनुभयो ।
नराम्रो विचार भएका व्यक्तिलाई निर्वाचित गर्नाले सिक्किम देश एकै रातमा भारतमा विलय भएको चर्चा गर्दै उहाँले अहिले युवा पुस्ताहरूले देश र जनताको पक्षमा काम गर्ने नेतृत्व पहिचान गर्नुपर्ने र निर्वाचित गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन नहुने गरी प्रगतिशील गीत प्रतियोगिता गर्नुपर्ने चर्चा गर्दै उहाँले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण टोलवासी एकजुट भएर मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि विक्रम ढुकुछुले जेनजी आन्दोलनबाट भएको विध्वंसको मुख्य जिम्मेवार शासक दलहरू रहेको उल्लेख गर्दै विदेशी शक्ति राष्ट्रहरूले देशमा व्यापक चलखेल भइरहेको र विदेशीबाट निर्देशित नयाँ पार्टीहरूले जनताको आँखामा छारो हालिरहेको बताउनुभयो ।
नेमकिपाले जनताको जीवनस्तर उठाउन भूमि सुधार लागु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उहाँले नेमकिपाले देशको स्वाधीनता र अखण्डताको रक्षाका लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गरिहरेको बताउनुभयो ।
निःशुल्क शिक्षा, स्वास्थ्य उपचार र देशमै योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाए समाजवादको आधार तयार हुने उल्लेख गर्दै समाजवादी व्यवस्थामा मात्र देशको रक्षा हुने र मजदुर किसानको हितमा काम र विकास हुने बताउनुभयो ।
उहाँले फागुन २१ गते हुने निर्वाचनमा देशको रक्षा गर्ने र जनताको सेवा गर्ने पार्टीलाई भोट दिएर विदेशी शक्तिको इसारामा चल्ने पार्टीहरूलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले प्रगतिशील गीतहरूमार्फत समाजमा भएका विकृति, विसङ्गतिबारे जनतामाझ पु¥याउनुपर्ने र सोको चिरफार गरी समाजलाई सुसूचित र सचेत पार्नुपर्ने बताउनुभयो ।
प्रगतिशील गीत प्रतियोगिताका नियमहरूबारे जानकारी दिँदै उहाँले यस्ता प्रतियोगिताहरूबाट समाजमा अन्याय अत्याचारविरुद्ध लड्न जनतालाई आत्मबल बढाउने र सचेत पार्ने बताउनुभयो ।
उहाँले भनपाबाट गरिरहेका विकास निर्माणका कार्यहरू, शिक्षा, स्वास्थ्य र सरसफाइमा भइरहेका प्रगति र समस्याहरूबारे जानकारी दिनुभयो ।
नेमकिपा भनपा १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बिकुराम तजलेले पनि बोल्नुभएको थियो ।
Leave a Reply