भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
दैलेख, १६ माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ दैलेखको जिल्लास्तरीय भेला दुल्लू नगरपालिका वडा नं. ८ धुलेश्वरमा शुक्रबार भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार जनताको शासन समाजवाद नआएसम्म गरिब जनताको हित नहुने बताउनुभयो । उहाँले जनता सचेत बनाउने काममा हरेक पार्टी कार्यकर्ताको योगदान हुने उल्लेख गर्दै शासक दलको अकर्मण्यताले जनताले दुःख पाएको बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य केसेन्द्रप्रकाश कार्कीले नेमकिपा वर्गीय राजनीतिक पार्टी भएकोले कामदारवर्गको हितमा काम गर्ने विचार व्यक्त गर्दै जनतालाई समाजवादी व्यवस्थाबारे बुझाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार बखतबहादुर थापाले विश्वका हरेक क्रान्तिबारे जानकारी दिँदै पार्टी कार्यकर्ताले जनताको बिचमा जानुपर्ने बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका अध्यक्ष एवम् प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार जगतबहादुर ओलीले राजनीतिलाई व्यापारीकरण गर्नेहरूदेखि सावधान हुन आग्रह गर्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य नीरकबहादुर शाही, नेमकिपा जिल्ला सदस्य एवम् समानुपातिक उम्मेदवार सौरे कामी, नेक्राकिसङ्घ जिल्ला अध्यक्ष खड्गबहादुर कठायत, कानुन अध्ययन समाजका केन्द्रीय उपाध्यक्ष शिवराज दाहाल, पार्टीका पुराना कार्यकर्ता एवम् दुल्लू नगर समिति सदस्य पद्मबहादुर बुढा, नेक्राविसङ्घ जिल्ला अध्यक्ष खेमराज दाहाल, लक्ष्मीकुमार विक र मदनकुमार भण्डारीले पनि बोल्नुभएको थियो ।
भेलाले केशव खड्काको अध्यक्षतामा १३ सदस्यीय नेक्रायुसङ्घ जिल्ला समिति गठन गरेको छ ।
Leave a Reply