भर्खरै :

नेमकिपा समाजवादी गणतन्त्र स्थापना गर्न जनता सङ्गठित गर्ने अभियानमा

नेमकिपा समाजवादी गणतन्त्र स्थापना गर्न जनता सङ्गठित गर्ने अभियानमा

भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा बिहीबार एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि देश र जनताको सेवाको लागि निष्ठा र इमानदारीपूर्वक लागिरहेको बताउनुभयो । सिद्धान्त र विचारबिना दीर्घकालीन लक्ष्य प्राप्त नहुने उल्लेख गर्दै उहाँले नेमकिपाले समाजवादी गणतन्त्र स्थापनाको लागि जनतालाई विविध ढङ्गले सङ्गठित गर्ने अभियान चलाइरहेको बताउनुभयो ।
देशको यो विषम परिस्थितिमा पुँजीवादी र विदेशी शक्तिहरूबाट परिचालित पार्टीको गतिविधिबाट सचेत हुनुपर्ने ओैँल्याउँदै उहाँले जनताको बिचमा गई समाजवादी गणतन्त्र प्रचार अभियानलाई व्यापक बनाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नं. ५ का उम्मेदवार शोभालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका सचिव शैलेश डङ्गोल, नेमकिपा टोखा नगर समितिका उपाध्यक्ष एवं काठमाडौँ जिल्ला क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मदन श्रेष्ठ, नेमकिपा टोखा ३ नं. वडा समितिका अध्यक्ष एवं पार्टीका समानुपातिक उम्मेदवार कसिनारायण डङ्गोल, नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष एवं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य गणेशमाया श्रेष्ठ डङ्गोल र नेमकिपा टोखा नगर समितिका सहसचिव नरेश डङ्गोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *