नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १६ माघ । मधेस प्रदेशका जिल्लाहरूबाट भक्तपुरमा विभिन्न पेसा व्यवसायमा रहेका जनताको एक भेला शुक्रबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी मधेश प्रदेस समितिका सचिव प्रकाश थुसाले कामदार वर्गका जनताले राजनीति वर्गीय हुने तथ्य बुझेर वर्गीय राजनीति गर्नुपर्ने बताउनुभयो ।
उहाँले कसले के भन्छ भन्दा पनि तिनीहरूले के गरे र कसबाट सञ्चालित छन् भनी बुझ्नुपर्ने बताउनुभयो ।
पुँजीवादी पार्टीहरूले निर्वाचनको मुखमा आश्वासनको पुरिया बाँड्ने, मासु, रक्सी र पैसा बाँडेर मत किन्ने र साम्प्रदायिक नारा दिने बताउँदै कामदार वर्गका जनता सङ्गठित बनी आफूमध्येकै जनप्रतिनिधि चयन गर्न नसिकेसम्म पुँजीवादी पार्टी ठुला भइरहने छन् भन्नुभयो ।
उहाँले संसारका सबै काग कालो भएजस्तै सबै ठाउँका शोषकहरूले कामदार जनताको शोषण गर्ने र जनतालाई धोका दिने भएकोले नेपाली जनता सचेत र सङ्गठित बन्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा मधेस प्रदेश समितिका सदस्य आरके ‘नेपाली’ले नेपालमा पटक–पटक सत्तामा पुगेका नेका, एमाले, माओवादी , राप्रपा र मधेसवादी भनिने दलहरूले नेपाली जनताको हितमा भन्दा विदेशी एकाधिकार पुँजी र त्यसका दलालहरूको सेवा गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपाले सडक र सदनमा देश र जनताको हितका निम्ति निडर भई सङ्घर्ष गर्दै आएको गौरवशाली इतिहास रहेको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकामा जितेर नेमकिपाले सुशासन, सदाचार, शिक्षा र स्वास्थ्य उपचारमार्फत जनताको सेवा गरिरहेको प्रस्ट पार्नुभयो ।
भेलामा सर्लाहीका दिनेश, रौतहटका आफताव महम्मदलगायतले बोल्नुभएको थियो ।
Leave a Reply