ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १८ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा दत्तात्रय आधारभूत विद्यालयको ५२ औँ वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालय बालबालिकाको दोस्रो घर भएको बताउँदै विद्यालय राम्रो भए बालबालिकाको भविष्य राम्रो हुने र व्यक्तित्व विकासमा शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
आजका बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उहाँले शिक्षक र अभिभावकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन, उनीहरूको व्यावहारिक, नैतिक र बौद्धिक विकासका लागि मिलेर काम गर्नुपर्ने बताउँदै योग्य शिक्षकले योग्य विद्यार्थी उत्पादनमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सामुदायिक विद्यालयहरूमा राज्यको धेरै लगानी हुने हुँदा त्यो लगानी उपलब्धिमूलक र फलदायी बनाउन विद्यालय व्यवस्थापन समिति र शिक्षकको मिहिनेत आवश्यक भएको बताउँदै उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सक्षम र योग्य बनाउन कर्तव्यबोध गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू गुणस्तरीय शिक्षा प्रदान गरी देशभरिका विद्यार्थीलाई सहज र सुलभ रूपमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरको शिक्षा अगाडि बढेसँगै यहाँका जनताको जीवनस्तरमा पनि परिवर्तन आएको बताउँदै भक्तपुर नपाले शिक्षा सँगसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
दत्तात्रय आधारभूत विद्यालयका प्रधानाध्यापक सज्जन प्रधानले विद्यालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ट पार्दै उहाँले दत्तात्रय आधारभूत विद्यालयमा हाल नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालन रहेको र वार्षिक कार्ययोजना तयारी गरी अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा शिक्षा शाखा प्रमुख साधुराम फुयाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय मानन्धर, वडा नं. ९ सामुदायिक विद्यालयका संयोजक ज्ञानसागर प्रजापति, आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजु, विद्यालयका पूर्वप्रधानाध्यापक शर्मिला श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्य, सरस्वती विद्यागृह मा.वि.का प्रधानाध्यापक गनुराज साम्पाङ राई, शिक्षिका रमिता प्रजापतिलगायतले बोल्नुभएको थियो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयले ३० वर्ष सेवा गरेका शिक्षकहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।
Leave a Reply