ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले ३५ वर्षयता सरकारमा गएका पार्टीहरूले सहिदको त्याग, तपस्या र बलिदानलाई बेवास्ता गरेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाको वडा नं. ८ सुडालको मुस्याख्व टोलका जनतासँगको भेटमा दैलेखमा फेला परेको ग्याससमेत धेरै निस्केको भए भारतीय एकाधिकार पुँजीको कब्जामा पर्ने अभिव्यक्ति कर्मचारीहरूबाटै सार्वजनिक भएको उल्लेख गर्नुभयो ।
नेमकिपाले संसद् र सडकमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरी देश र जनताको हितमा आवाज उठाइरहेको उल्लेख गर्दै सचिव सुवालले नेमकिपाको संसद्मा उपस्थितिले शासक दलहरूलाई देश र जनताविरोधी काममा खबरदारी दिने काम भइरहेको बताउनुभयो ।
भेटघाटमा नेमकिपा भक्तपुरका जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजुले फागुन २१ गतेको चुनावमा मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
पुँजीवादी निर्वाचनबाट शिक्षा र स्वास्थ्य निःशुल्क नहुने
यसैबिच पार्टी स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले दुवाकोटका स्थानीय जनतासँग भेटघाट गर्नुभयो ।
उक्त भेटघाटमा सुवालले शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, देशभित्र रोजगारी, सबैलाई आवासको व्यवस्था, सामाजिक न्याय कायम हुने आदर्श समाज निर्माण नेमकिपाको उद्देश्य रहेको बताउनुभयो ।
सचिव सुवालले ३५ वर्षयता सरकारमा गएका पार्टी र तिनका नेताहरूले नेपाली जनतालाई २८ खर्ब रूपैयाँ ऋण बोकाएको, दाल, चामल, तरकारी, फलफूलसमेत आयात गरी वर्षको १५ खर्ब रूपैयाँ व्यापार घाटा पारेको उल्लेख गर्दै भन्नुभयो, “२० प्रतिशत नेपाली गरिबीमा रहेको भन्नु दिनको एक छाक मात्र खान पाउनु हो ।”
उम्मेदवार सुवालले थप्नुभयो, “संरा अमेरिकी ट्रम्प प्रशासनले भेनेजुयलाको ग्यास, तेल, सुनलगायत खनिज कब्जा गर्न राष्ट्रपति मादुरो दम्पतीलाई अपहरण गरेको हो । नेपालको जलस्रोत, खनिज र वन जङ्गलमा पनि एक एक गरी भारतीय एकाधिकार पुँजीको कब्जा बढ्दो छ । यसको दोषी शासक दल र तिनका नेताहरू नै हुन् ।”
कार्यक्रममा पार्टीका भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply