भर्खरै :

चिनियाँ कम्युनिष्ट पार्टीमा कम्युनिष्ट घोषणापत्रबारे अध्ययन गोष्ठी

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी जिनपिङले कम्युनिष्ट घोषणापत्र अध्ययनको महत्वमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति पोलिटव्युरोको आयोजनामा भएको अध्ययन गोष्ठीको अध्यक्षता गर्दै गएको सोमबार सीले भने,‘माक्र्सवादको सत्यको शक्ति बुझ्नु र अंगीकार गर्नु र नयाँ युगमा चिनियाँ विशेषता सहितको समाजवादको नयाँ अध्याय लेख्नु नै कम्युनिष्ट घोषणा पत्रको सिंहावलोकन गर्नको ध्येय हो ।’
‘माक्र्सवादप्रतिको विश्वास बलियो बनाउनु र माक्र्सवादी पार्टीको अग्रगामी चरित्र तथा शुद्धता कायम राख्न सिद्धान्तको मूल स्रोतमा फर्कनु पनि कम्युनिष्ट घोषणापत्रको अध्ययनको अर्को लक्ष्य हो ।’, सीले भने ।
‘समाकालीन चीनका व्यवहारिक समस्याहरुलाई माक्र्सवादका आधारभूत सिद्धान्तका साथ समाधान गर्न सिंगो पार्टीको क्षमता विकास गर्नुपर्दछ ।’
ठूला संघर्ष, ठूला कार्यक्रम, ठूला विचार र ठूला सपनासँग सम्बन्धित गतिविधिको समग्र योजनामा कम्युनिष्ट घोषणा पत्रको भावना र वैज्ञानिक सिद्धान्तको कार्यान्वयन जरुरी छ ।’,उनले भने,‘कम्युनिष्ट घोषणापत्र ऐतिहासिक कृति हो । मानव जातिको विकासको वैज्ञानिक दृष्टिकोण भएको कृति हो कम्युनिष्ट घोषणापत्र । मानव जातिको हित र मानव जातिको मुक्तिको लागि त्यो कृति लेखिएको हो ।’
सीले भने,‘चिनियाँ कम्युनिष्ट पार्टी कम्युनिष्ट घोषणापत्रको भावना अंगीकार गर्न इमान्दार छ ।’
सीले चिनियाँ विशेषतासहितको समाजवादको बाटो, सिद्धान्त, प्रणाली र संस्कृतिप्रतिको विश्वास बलियो बनाउन र कम्युनिष्ट आदर्श र विश्वासको पालना गर्न र कुनै पनि समस्यालाई खतरा नमान्न तथा अलमल नहुन पार्टीलाई आह्वान गरे ।
सीले पार्टी सदस्यहरुलाई ‘हाम्रो स्थापनाकालका लक्ष्य’ प्रति इमान्दार रहन, हृदयको केन्द्रमा सदैव जनतालाई राख्न र जनताको हित र खुशीको लागि कडा मिहिनेत गर्न तथा सर्वाङ्गिण मानव विकास तथा सबै हिसाबमा सामाजिक प्रगतिका लागि काम गर्न आग्रह गरे ।
सीले चिनियाँ विकासको लक्ष्यको रक्षा र विकासप्रति प्रतिबद्ध रहन र बाहिरी विश्वप्रति खुला रहनेप्रति प्रतिबद्ध बन्न आह्वान गरे ।
चीनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर समयले दिएका जिम्मेवारी पूरा गर्ने र आर्थिक विश्वव्यापीकरणले ल्याएका चुनौतीको सामना गर्न सहकार्य गर्नेमा सील जोड दिए ।
‘चीनले आर्थिक विश्वव्यापीकरणलाई अझ फराकिलो, समावेशी र सन्तुलित बनाउनुपर्ने जसले विभिन्न देश, सामाजिक तप्का र जनसमुदायको हित गर्नेछ र अवसरहरु प्रदान गर्नेछ ।’,सीले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीले शासन चलाईरहेको माक्र्सवादी पार्टीको चरित्रलाई सधैं जोगाइरहने र समयको नेतृत्व गर्ने उनको भनाई थियो । उनले चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ राष्ट्र र चिनियाँ राष्ट्रको मेरुदण्ड हुने बताए ।
सीले पार्टी सदस्यहरुलाई नयाँ विचार, नयाँ चिन्तन, नयाँ तरिका सहित समस्या समाधान गर्न तथा उत्कृष्ट अभ्यासद्वारा नयाँ कुरा सिक्न आग्रह गरे । साथै पार्टी सदस्यहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले लागु गरिरहेका कानुन, समाजवादको विकास र मानव समाजका नियमहरु अध्ययन गर्न पनि जोड दिए ।
एक्काइसौं शताब्दी र समकालीन चीनमा माक्र्सवादको विकासका लागि थप मिहिनेत गर्ने र चिनियाँ सन्दर्भमा माक्र्सवादको प्रयोगमा नयाँ अध्याय थप्नुपर्नेमा सीको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *