नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टी, भनपा १० वडा समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा हुने प्रगतिशील गीत प्रतियोगिताको तयारी भेलाअन्तर्गत आइतबार प्रतियोगिताको निर्णायकमण्डल बैठक भयो ।
उक्त बैठकबाट माघ २४ गते, शनिबार हुने नगरव्यापी प्रगतिशील गीत प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरूले निम्न अनुसारका नियमहरू पालना गर्नुपर्ने आयोजक समितिबाट जानकारी दिइएको छ ।
१) प्रतियोगितामा सहभागी हुने गीतको बोल शब्द प्रगतिशील हुनुपर्ने,
२) गीतको लय परम्परागत हुनुपर्ने,
३) गीत बढीमा ३ चलं (अन्तरा) को हुनुपर्ने,
४) गीतको समयावधि ५ मिनेट हुनेछ । जसमा ४ मिनेटमा जनाउ घण्टी बज्नेछ । ५ मिनेटभन्दा बढी समय लिएमा नम्बर काटिनेछ,
५) मञ्चमा वाद्यवादक र गायक या गायिका समेत गरी कम्तीमा ५ र बढीमा १२ जनासम्म सहभागी हुन पाउने ।
६) ट्रयाकमा गीत प्रस्तुत गर्ने टोली/समूहले प्रतियोगितामा सहभागी हुन नपाउने,
७) प्रतियोगितामा आवश्यक वाद्यवादनहरू प्रतियोगी स्वयम्ले ल्याउनुपर्ने,
८) प्रतियोगितामा शब्द संयोजनमा ४० अङ्क, सङ्गीततर्फ लयमा १० अङ्क, सुरताल २० अङ्क, समयको परिपालनामा ५ अङ्क, भेषभूषामा ५ अङ्क, प्रस्टतामा १० र अनुशासनमा १० अङ्क गरी जम्मा १०० अङ्क भार रहने गरी मूल्याङ्कन गरिने,
९) प्रतियोगितासम्बन्धी यदि कुनै विवाद उठेमा निणार्यक समितिको निर्णय नै अन्तिम निर्णय मानिनेछ ।
प्रतियोगितामा सहभागी हुन नाम दर्ता गरेका सम्पूर्ण समूह वा टोलीहरूको गीत सेन्सर माघ २० गते मङ्गलबार बिहान १० बजेदेखि बेखालमा हुने जानकारी आयोजक समितिले दिएको छ । माघ २४ गते हुने प्रगतिशील गीत प्रतियोगितामा प्रथम पुरस्कार रु. १५,०००।००, दोस्रो पुरस्कार रु. १०,०००।००, तेस्रो पुरस्कार रु. ५,०००।०० र सान्त्वना पुरस्कार रु. ३,०००।०० रहने आयोजक समितिले बताएको छ ।
Leave a Reply