भर्खरै :

जनआन्दोलन के हो ?

जनआन्दोलन के हो ?

वीर शहीदहरूको जन्म हो
शहीदका सपना के हो ?
प्रजातन्त्र हो,
जनताका इच्छानुसार सेवा हो,
डमडम गोली छातीमा थाप्ने
आमाबुबाहरूको चित्कार हो,
यो आर्थिक समानता हो,
जीवन पद्धति हो,

प्रजातन्त्र
शोषक वर्गको पेवा होइन
जनआन्दोलन
मुठ्ठीभरको भ¥याङ होइन
यो अग्रजहरूको कष्टसाध्य पीडा हो
आँसु र सुस्केरा हो
राता झन्डा फहराउने
समाजवादको आधार हो
२०८२ माघ १९

Leave a Reply

Your email address will not be published. Required fields are marked *