भर्खरै :

भेनेजुयलाका राष्ट्रपति मादुरोको रिहाइ माग गर्दै विश्वव्यापी विरोध प्रदर्शन

भेनेजुयलाका राष्ट्रपति मादुरोको रिहाइ माग गर्दै विश्वव्यापी विरोध प्रदर्शन

काराकस, २१ माघ (टेलिसुर) । विभिन्न देशका राजनीतिक पार्टीहरू, सामाजिक आन्दोलनहरू तथा मानव अधिकारवादी सङ्गठनहरूको आयोजनामा ‘तिनीहरूलाई फिर्ता ल्याऔँ’ अभियानको क्रममा विश्वका ६० भन्दा बढी देशमा अपहरित भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
मादुरो दम्पतीलाई जनवरी ३ का दिन घातक अमेरिकी हमलासहितको विशेष सैनिक कारबाही गरी अपहरण गरी संरा अमेरिका लगिएको थियो । उक्त अमेरिकी हमलाको क्रममा कम्तीमा सय जना भेनेजुयालीहरूको हत्या भएको थियो ।
संरा अमेरिकाको न्युयोर्क सहरस्थित महानगरीय बन्दीगृह अगाडिलगायत विभिन्न सहरमा भेनेजुयलामा हस्तक्षेप बन्द गर भन्ने नाराका साथ हजारौँ हजार अमेरिकीहरूले प्रदर्शन गरेका थिए ।
सोही आह्वानअनुसार युरोपेली सङ्घको राजधानी तथा बेल्जियमको राजधानी ब्रसेल्समा भेनेजुयलाको झन्डासहित विरोध प्रदर्शन भएको थियो । सो क्रममा द नेदरल्यान्डको एम्सटरडम, स्पेनको राजधानी म्याड्रिडलगायत टेनरिफ, लास पाल्मास, भिगोलगायत सहर, अस्ट्रियाको भियना, रुसको मास्को, बेलारुसको मिन्स्क र टर्कीको अङ्कारा सहरमा विरोध प्रदर्शन गरिएका छन् ।
त्यस्तै कोलम्बियाको राजधानी बोगाटास्थित अमेरिकी राजदूतावासअगाडि तथा मेडेलिन, कालि, बारान्किला, कुकुटा र कार्टाजेना सहरहरूमा विशाल जनप्रदर्शनहरू भएका थिए ।
स्थानीय समयअनुसार मङ्गलबारै ब्राजिलको राजधानी ब्रासिलियास्थित अमेरिकी राजदूतावासअगाडि तथा ब्राजिलका सबै मुख्य–मुख्य सहरमा जनप्रदर्शन भएका छन् ।
ब्राजिलको भूमिहीन ग्रामीण मजदुर सङ्घको आयोजनामा अमेरिकी राजदूतावासमा धर्ना दिइएको थियो ।
मेक्सिकोका साम्राज्यवादविरोधी सङ्गठन तथा सामाजिक आन्दोलनहरूको आयोजनामा मेक्सिको सिटीस्थित अमेरिकी राजदूतावास सामुन्ने विरोध प्रदर्शन भएको हो ।
सोही अभियानअन्तर्गत क्युवाको राजधानी हवाना, भेनेजुयलाको रााजधानी काराकस, निकारागुआको राजधानी मानागुआ, एलसाल्भाडोरको राजधानी सान साल्भाडोरमा पनि अमेरिकी कूटनीतिक नियोग अगाडि विरोध प्रदर्शन भएका छन् ।
अफ्रिकी देशहरू दक्षिण अफ्रिका, युगान्डा, अङ्गोला, केन्या, घाना, कङ्गो, आतेरी कोस्ट, मोरक्को, सेनेगललगायत देशमा मादुरो दम्पतीको रिहाइ तथा भेनेजुयलामाथि हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन भएका छन् ।
एसिया महादेशमा लेबनानको बेरुत, साउदी अरेवियाको रियाद, दक्षिण कोरियाको राजधानी सोल, चीनको क्वाङचाउ, फिलिपिन्सको मनिला, भियतनामको हनोइलगायत सहरमा पनि अमेरिकी कदमको निन्दा गर्दै जनप्रदर्शन भएका छन् ।
मादुरोको रिहाइको माग गर्दै काराकसमामा जनप्रदर्शन
घातक अमेरिकी सैन्य कारबाहीमार्फत हटाइएका भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोका हजारौँ समर्थकहरूले उहाँको रिहाइको माग गर्दै राजधानी काराकसमा जनप्रदर्शन गरेका छन् । जनप्रदर्शनका सहभागीहरूले ‘भेनेजुयलालाई निकोलसको आवश्यकता’ रहेको र न्युयोर्कमा लागुऔषधको आरोपमा मुद्दाको सामना गर्न अपदस्थ गरी लगिएको भन्दै नारा लगाएका थिए ।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनैतिक सङ्क्रणमको चुनौतीसँग लडिरहनुभएको छ भने वासिङ्टनबाट उहाँको सरकारमा मादुरोका सहयोगीहरू र भेनेजुयलाका जनताको समर्थनलाई खोजिरहेको जनाइएको छ ।
प्रदर्शनकारीहरूमध्ये धेरैजना सार्वजनिक क्षेत्रका कामदारहरू थिए भने उनीहरूले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसको फोटो बोकेका थिए ।
सरकारले आह्वान गरेको पदयात्रा तथा विरोध प्रदर्शनमा सयौँ मिटरसम्म फैलिएको थियो ।
प्रदर्शनकारीहरूले भेनेजुयलाको झन्डा फहराए र मादुरोका समाजवादी पूर्ववर्ती ह्युगो चाभेजको नाम राखिएको रातो रङ्गको पहिरन लगाएका थिए । यसअघि ‘समृद्ध र लोकतान्त्रिक’–रोड्रिगेज मादुरोको कट्टर समर्थक थिए । उहाँको उपराष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुयलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको दाबी गरेका छन् ।
यसैबिच दबाबमा कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजनीतिक बन्दीहरूलाई मुक्त गर्न र भेनेजुयलाको हाइड्रोकार्बन उद्योगलाई निजी लगानीका लागि खोल्न थाल्नुभएको छ ।
मङ्गलबार, अमेरिकी मिसनले जारी गरेको भिडियोमा, रोड्रिगेजले सङ्कटग्रस्त दक्षिण अमेरिकी देशका लागि तीन चरणको योजनालाई औँल्याउँदै ‘मैत्रीपूर्ण, स्थिर, समृद्ध र लोकतान्त्रिक भेनेजुयलामा सङ्क्रमण’ समाप्त हुने बताउनुभयो ।
‘स्वतन्त्रता सडकमा’–यसअघि मङ्गलबार सयौँ विश्वविद्यालयका विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले पनि रोड्रिगेजले वाचा गरेको कानुनको द्रुत स्वीकृतिको लागि माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् ।
रोड्रिगेजले रिहाइको लागि आवश्यक कानुनमा ‘गहन’ काम गरिरहेको उल्लेख गर्दै यसले राजनीतिक हिंसा, चरमपन्थको अवधिमा राष्ट्रिय नीति कार्यान्वयन गर्न अनुमति दिने बताउनुभएको छ ।
भेनेजुयलामा अमेरिकाले मादुरोलाई अपदस्थ गरेपछि विपक्षीले नयाँ चुनाव गराउन माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *