भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतको तुलनामा भक्तपुरको शैक्षिक गुणस्तरमा धेरै विकास भई हाल भक्तपुर शैक्षिक हबको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
विद्यार्थी निकेतन माध्यमिक विद्यालयको पाँचौँ द्वैमासिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा उहाँले २०७२ सालको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएसँगै भक्तपुरको शिक्षाको इतिहास हेर्ने हो भने ख्वपको जगमा आज धेरै शैक्षिक संस्थाहरू सञ्चालन गर्दै गुणस्तरीय शिक्षा दिँदै अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सर्कल उत्कृष्ट कलेजको रूपमा अगाडि बढिरहेको बताउँदै उहाँले नगरभित्र सञ्चालित सरकारी र सामुदायिक विद्यालयहरू व्यवस्थित रूपमा सञ्चालन हुँदै आइरहेको छ भन्नुभयो ।
नपाबाट सञ्चालित ख्वप इ. कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङलगायतका कलेजहरूमा धेरै विषय पठनपाठन हुँदै आएको र कलेज आफैँमा विश्वविद्यालयको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरी स्वास्थ्य बीमामार्फत सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले नगरवासीहरूको हकहितमा केन्द्रित भई नपाले धेरै गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले विद्यालयको शैक्षिक अवस्था र भावी योजनाबारे प्रस्ट पार्दै शिक्षकहरूको साथ र सहयोगले यहाँको शैक्षिक विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थी सङ्ख्यालाई बढाउन विद्यालयको शैक्षिक स्तरलाई अझ सुधार गर्दै लाने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक कृष्णप्रसाद छुस्याकीले विद्यार्थी निकेतनको शैक्षिक स्तरलाई विगतभन्दा राम्रो बनाउँदै अगाडि बढ्न कोसिसमा लागिपरेको बताउँदै विद्यालयको शैक्षिक उपलब्धिलगायतका विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, विद्यार्थी निकेतन मावि एकाइका अध्यक्ष रूपकेशरी उलकले पनि बोल्नुभएको थियो ।
Leave a Reply