निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २३ माघ । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भनपा वडा नं. १ मा निर्वाचन परिचालन समिति गठन गर्न स्थानीयहरूको एक भेला भयो ।
उक्त भेलामा नेमकिपाका सचिव प्रेम सुवालले बहुदलीय व्यवस्था स्थापनापछि बनेका शासकहरूले पनि बहुमत जनताको सेवा गर्न नसकेको उल्लेख गर्दै सरकारको नेतृत्व पटक–पटक फेरिए पनि जनताको समस्या ज्यूँका त्यूँ रहेको विचार व्यक्त गर्नुभयो ।
देश ऋणमा डुब्दै परनिर्भर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले स्वदेशमै युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाले सुरुदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन गर्दै आएको उल्लेख गर्दै सचिव सुवालले विदेशी शक्ति राष्ट्रले गर्ने गरेको अतिक्रमण, आक्रमणको विरोध गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्वाधीनता र सार्वभौम देशको निम्ति हुने हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय आन्दोलनमा नेमकिपाले समर्थन र ऐक्यबद्धता जनाउँदै आएको उल्लेख गर्दै उहाँले सुशासन कायम गरी सुन्दर भविष्यको निम्ति देशमा नेमकिपाको खाँचो छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि कृष्णगोविन्द लाखाजुले देश बनाउने भनी सरकारको नेतृत्व गरेका शासकहरूले देशलाई कमाउ खाने भाँडो बनाएर अस्तव्यस्त पारेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुको सभापतित्वमा भएको सो कार्यक्रममा सूर्यप्रसाद श्रेष्ठ, कल्पना शिल्पकारले पनि बोल्नुभएको थियो ।
भेलाले कृष्णबहादुर दुगुजूको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
Leave a Reply