भर्खरै :

नेमकिपाको स्थापना दिवस मनाइयो

नेमकिपाको स्थापना दिवस मनाइयो

कैलाली, २३ माघ । कैलाली लम्की चुहा नपा २ गणेशपुर टोलमा नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस मनाइयो ।
कार्यक्रममा रमेशकुमार रावलले नेमकिपाले कामगरी खाने वर्गको हितमा काम गरिरहेको उल्लेख गर्दै उत्पादनका मुख्य–मुख्य स्रोत–साधन राष्ट्रियकरण गरी उद्योग–कलकारखाना खोली युवाहरूलाई स्वदेशमै रोजगारको बन्दोबस्त गर्नुपर्छ भन्नुभयो ।
गगन थापामगरले सिद्धान्त र विचारको राजनीति नगर्ने पार्टीहरूले देशमा मार्ग निर्देशन नगर्ने उल्लेख गर्दै नेमकिपा निःस्वार्थ रूपमा काम गर्ने देशभक्त पार्टी भन्नुभयो ।
ज्योति बडुवालले नेपालको कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा छोडी पुँजीपतिकै हितमा लागेको कारण नेमकिपा २०३१ माघ १० गते स्थापना भएको बताउनुभयो ।
क्षेत्र नं. २ का उम्मेदवार लक्ष्मी पुन, क्षेत्र नं ४ का उम्मेदवार अमृता भुललगायतले सही उम्मेदवार छान्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *