भर्खरै :

आधारभूत तह समग्र शिक्षाको जग

आधारभूत तह समग्र शिक्षाको जग

भक्तपुर, २३ माघ । आधारभूत विद्यालय समितिको वार्षिक कार्यतालिकाबमोजिम तारा माविको आयोजनामा अङ्ग्रेजी प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोजूले आधारभूत तहका विद्यार्थी देशका कर्णधार भएकोले प्रत्येक बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फूटन गराउन अवसर तयार गर्दै प्रतिस्पर्धी भावना जगाउन अतिरिक्त क्रियाकलाप गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीहरू किताबमा मात्र सीमित नहुन उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे जानकारी हुनुपर्ने उल्लेख गर्नुभयो ।
जनसेवा आविका प्रअ कृष्णप्यारी दुवालले सहभागी सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिनुभयो ।
कार्यक्रमका सभापति एवम् तारा माविका प्रअ प्रेमलक्ष्मी त्वायनाले आधारभूत विद्यालय समिति सम्पूर्ण बालबालिकाको साझा मञ्च रहेको उल्लेख गर्दै बालबालिकाले आफ्नो अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउने बताउनुभयो । उहाँले आधारभूत तहका विद्यार्थी देशको समग्र शिक्षाको जग हो भन्नुभयो ।
प्रतियोगितामा प्रावितर्फ गणेश माविका रिसभ सिंह र सोनिया तामाङ, बाल सेवक आविका आशिष तामाङ र हसिना खातुन, समाज सुधार माविका अस्मिता तामाङ र निकिता विक, नवीन आविका रोनियान चिकंबञ्जार र रमिता रायमाझी तथा बरदायणी आविका विजय तामाङ र सुकृति तामाङले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो तथा पाँचौँ स्थान हासिल गरेका थिए ।
त्यस्तै, निमावितर्फ नवीन आविका आशालक्ष्मी दुवाल र आशियान खातुन प्रथम, ज्ञान विजय आविका रोडम भुग्रान्टी र विपना खत्री द्वितीय, बाल सेवक आविका लियन खत्री र खुसी इन्गम तृतीय र गणेश माविका सीमाकुमारी पण्डित र असारफ महोमदले चौथो स्थाल हासिल गरेका थिए ।
कार्यक्रममा १४ वटा प्रावि र ७ वटा निमावि गरी जम्मा २१ वटा विद्यालयको सहभागिता रहेको थियो भने कार्यक्रममा शिक्षक श्याम ख्याजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *