भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २३ माघ । “सत्तामा पुग्ने, मन्त्री बन्ने र अथाहा पैसा कमाउनेजस्ता अन्य दलहरूको साझा उद्देश्त्न्दा पृथक रहेर गरिब, कामदार जनताको आवाज संसद्मा राख्ने, देश र जनताको हितमा ऐन कानुन बनाउने तथा देशघाती सन्धि, सम्झौता, विधेयकको विरोध गर्ने र जनतालाई सुसूचित गर्ने उद्देश्य बोकेर नेमकिपाले निर्वाचनमा भाग लिँदै आएको हो ।”
उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा सूर्यविनायक ८ वडा पार्टी समितिको आयोजनामा भएको प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले सङ्ख्याले ठुलो हुँदैमा राम्रो र सही पार्टी नहुने बरु विचार, सिद्धान्त र व्यवहारको कसीमा पार्टीहरूलाई तौलिनुपर्ने आवश्यकता औँल्याउँदै स्पष्ट विचार, दर्शन र सिद्धान्त नभएका पार्टीहरू खहरे खोलामा परिणत हुने तथ्य विगतका निर्वाचनमा साबित भइसकेको बताउनुभयो ।
फलामलाई लामो समय पिटेपछि मात्र स्पाट बनेजस्तै नयाँ पुस्तालाई सानो उमेरदेखि सही विचारले लेस गर्दै लग्न सकेमात्र योग्य, देशभक्त र सक्षम नागरिक तयार पार्न सकिने भएकोले यसतर्फ राजनीतिक कार्यकर्ता अझ क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यले राजनीतिलाई पेसाको रूपमा लिन नहुने बरु देश र जनताको निःस्वार्थ सेवा गर्ने माध्यम बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राजनीतिलाई पेसा बनाएकै कारण देशमा भ्रष्टाचार, अनियमितता र कालाबजारी मौलाएको हो भन्नुभयो ।
देशका नयाँ पुस्ता तथा बौद्धिक वर्गलाई कसरी स्वदेशमै देशहितका लागि सदुपयोग गर्ने भन्ने विषय चुनौतीको रूपमा रहेको र त्यसको समाधानको निम्ति पार्टीको धारणाअनुसारको स्पष्ट नीति निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको उहाँले प्रस्ट पार्नुभयो ।
सत्तामा गएका दलहरूले विदेशीको दलाली गरेकै कारण आज देशले यो दूर्दशा भोग्नुपरेको तीतो यथार्थलाई सबै जनताले मनन गरेर पुराना र नयाँ दलको खोल ओढेर आएका विदेशी दलालहरूलाई जनताले चुनावको माध्यमबाट लखेट्नेमा आफू विश्वस्त रहेको विचार उहाँले व्यक्त गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले निर्वाचन घोषणापत्रको लडाइँ हो भन्नुभयो । उहाँले जनता झुक्याउन र मत चोर्न प्रतिक्रियावादीहरू विविध षड्यन्त्रका साथ घरदैलोमा आइरहेकोमा जनता सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।
वडा पार्टी इन्चार्ज श्यामसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पार्टी नगर सचिव महेन्द्र बखुन्छेँ तथा समितिका रोशन मचामसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply