भर्खरै :

शासकहरूको कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा

शासकहरूको कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा

भक्तपुर, २३ माघ । नेपाल कर्मचारी समाज भनपा ९ को आयोजनामा बिहीबार सकोलानमा कर्मचारी भेला भयो ।
भेलामा रवीन्द्र ज्याख्वले शासकहरूको कारण युवा पुस्तामा राजनीतिप्रति वितृष्णा फैलेको बताउँदै तोडफोड र हिंसात्मक आन्दोलनले अराजकता फैलिएको बताउनुभयो ।
कृष्णभक्त लवजुले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरे शिर झुकाउन नपर्ने बताउँदै मोहियानी हक आन्दोलन, भर्पाईं आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलनबारे बताउनुभयो ।
नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *