सामूहिक बचत तथा ऋण सहकारीको २८ औँ वार्षिक साधारणसभा सम्पन्न
- आश्विन ३, २०८३
भक्तपुर, २३ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ भ.न.पा.४ बोलाछेँ एकाइ समितिको आयोजनामा बिहीबार नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका उपेन्द्र सुवालले नेमकिपाले असल चरित्रवान् व्यक्तिहरूलाई आसन्न निर्वाचनमा जनताका उम्मेदवारका रूपमा जिल्ला जिल्लामा उठाएको जानकारी गराउँदै सिद्धान्त र नीतिको कारण पार्टीले देशको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको काम गरिरहेको बताउनुभयो ।
समाजवाद हुँदै साम्यवादी आदर्श समाजमा पुग्ने लक्ष्य लिएको पार्टीका अग्रज नेता कार्यकर्ताहरूले देश र जनताको निम्ति निःस्वार्थरूपमा गर्दै आइरहेको कामलाई स्मरण गर्दै उहाँले नयाँ पुस्तालाई शिक्षित पार्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेमकिपा ४ वडा समिति सदस्य कृष्णगोविन्द दुवालले नयाँ पार्टीप्रति युवा पुस्ताको आकर्षण केबल क्षणिक लाभको लागि हो भन्दै पश्चिमी शक्तिले नेपालमा जेलेन्स्की तयार गरी देशलाई गृहयुद्धमा फसाउने योजनाबारे सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बोलाछेँ एकाइ समिति अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा बोलाछेँका इन्चार्ज एच.एस.सुवाल, प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १, इलाम क्षेत्र नं १, तनहुँ क्षेत्र नं १, नवलपरासी पश्चिम, पर्वत क्षेत्र नं १ बाट क्रमशः उम्मेदवार बनेका रमिला ज्याख्व, तुल्सीकेशरी प्रजापति, रामलक्ष्मी दुवाल, रञ्जना सुवाल, एलिना सुवाल र आयोजक समितिका बुद्धलक्ष्मी त्वायनालगायतले बोल्नुभयो ।
Leave a Reply