म भैल खः हुँ
- बैशाख ४, २०८३
मेरो छोराको सुत्ने कोठामा एउटा सानो पुस्तकालय छ । ती पुस्तकहरू कुनै समय मेरा थिए । कहिलेकाहीँ, ती पुस्तक म हेर्न चाहन्छु । ती पुस्तकले मलाई तुरुन्तै बाल्यकालमा फर्काइदिन्छन् । त्यहाँ तीन गज्जबका भिखारीहरू छन्, सेली स्कटको सर्बियाई परी कथाको पुनर्कथन छ, डायन शेल्डन र ग्यारी ब्लाइथले लेखेको एउटी सानी केटीको किताब छ, जो समुद्री जीवहरूले एकअर्कालाई बोलाएको सुन्ने आशामा रातिहुँदी लुकेर तिनलाई सुन्ने आशामा लुकेर चिहाउने गर्छे ।
यी पुस्तकहरूले मेरो लागि अद्भूत संसारलाई सिर्जना गरे । तिनले मलाई हुर्किएपछि त्यो अद्भूत संसार पछ्याउन सक्षम बनायो । यसको ज्यादै चमत्कारी अनुभव मसँग छ ।
यसै हप्ता, मैले बालबालिकाको पठनका बारेमा बढ्दो ‘सङ्कट’ का बारेमा एउटा चाखलाग्दो रिपोर्ट पढेँ । त्यो रिपोर्ट चिन्ताजनक त थियो तर पनि केही कुरा ओझेलमा पक्कै परेको हुनुपर्छ ।
त्यो रिपोर्ट पढ्दा के देखिन्छ भने पढ्ने क्षमता मापन गर्ने परीक्षण स्कोरहरूसँग पक्कै पनि सम्बन्धित छैन । बालबालिकामा पढ्ने चासो घट्दै जान थालेको छ । पहिला पहिला बालबालिकाहरू आनन्दका लागि पढ्ने गर्थे तर अचेल आनन्दका लागि पढ्ने क्रम घट्न थालेको छ ।
सन् २०२० मा, अमेरिकाका १३ वर्षसम्मका बालबालिकाहरूमध्ये १७ प्रतिशतले मात्र आनन्दका लागि किताब पढ्ने गरेको बताएका छन् । २०१२ मा आनन्दका लागि पढ्नेको सङ्ख्या २७ प्रतिशत थियो ।
त्यसो त बेलायतमा आनन्दका लागि पढ्नेको सङ्ख्या बढी नै छ । बेलायतको राष्ट्रिय साक्षरता ट्रस्टले ८ देखि १८ वर्ष उमेर समूहका ३५ प्रतिशतले सन् २०२४ मा नियमित रूपमा आनन्द र रमाइलोका लागि पढ्ने गरेको फेला पारेको छ । यो सर्भे दुई दशकदेखि मापन गर्न थालिएको हो । तर दुई दशकअघि आनन्दका लागि पढ्ने बालबालिकाहरूको प्रतिशत आश्चर्यजनक रूपमा घटेको छ ।
सानैदेखि पढ्ने बानीका कारण मेरो बुझाइलाई बृहद् बनाउन सहयोग गर्यो । मेरो पढ्ने बानी हुने थिएन भने म कस्ती हुन्थेँ होला ? पक्कै पनि अहिले जत्तिको समाज बुझ्न सक्दिनँ होला ।
किताब पढ्दै गर्दा ६ वर्षको उमेरमा किताब पढेरै मेरो मनमा प्रश्न उब्जिएको थियो कि वास्तवमा सान्ता क्लज किन स्त्री हुन सक्दिन ? टुतानखामुनको श्रापको बारेमा पढ्दा त्यसले मलाई राति पनि तर्साएको थियो । फिलिप पुलम्यानको ‘द एम्बर स्पाइग्लास’ को अन्त्यमा पुग्दा म पनि पात्रको दुःखमा रून थालेकी थिएँ । त्यो बेला मलाई शोक के हो थाहा भयो ।
सारमा, पुस्तकले मलाई म के हुँ, को हुँ भनी सिकायो र अहिलेको व्यक्ति बनायो ।
स्मार्टफोनको आगमनपछि बालबालिकाहरूलाई रमाइलोका लागि पढ्नुपर्ने वातावरण बिग्रन थाल्यो । वास्तवमा यो कुनै आश्चर्य होइन । खासमा यो मात्र एउटा कारण नहुन सक्छ । स्मार्टफोनले मात्र हाम्रा बालबालिकाहरूको सारा पठन अनुभूतिलाई क्षय गरिदियो भन्ने म मान्दिनँ ।
फुर्सदमा जाने नजिकैको पुस्तकालय जबरजस्ती बन्द हुनु पनि एउटा कारण हुनसक्छ । हाम्रो पालामा पुस्तकालयबाट पुस्तक लैजान पाउनु एउटा अवसर थियो, ज्ञान लिने । म एक पटकमा आठ वटा पुस्तकहरू बटुलेर लैजान्थेँ, स्थानीय पुस्तकालयबाट । त्यो उत्साहको वर्णन म बयान गर्न सक्दिनँ । यही उत्साह पाउने अवसरबाट हाम्रा बालबालिकाहरू दिनदिनै वञ्चित हुँदै जाँदै छन् । उनीहरूको घर अगाडिको पुस्तकालय धमाधम बन्द हुँदै छन् । यसको परिणाम उनीहरू बढीभन्दा बढी सामाजिक सञ्जालमा बिताउन थालेका छन् ।
डिजिटल संसारबाट उनीहरूलाई पुस्तकको संसारमा तान्नु ज्यादै कठिन छ । यस्तोमा जब बालबालिकाहरू डिजिटल संसारलाई पचाउन सफल भएका छन् भने त तिनलाई पुस्तकको संसारमा ल्याउनु अझ कठिन हुनेछ । यस्तोमा हामीले अघिल्लो र पछिल्लो संसारसँग जोड्ने पुलहरू बनाउन जरूरी छ ।
त्यसो त यस्ता भाग्यमानी अभिभावकहरू धेरै नै होलान्, जो हरेक रात आफ्ना सन्तानलाई किताबका अध्यायहरू पढेर सुनाउलान् । कथाका पात्रहरू अभिनय गरेर देखाउलान् । उनीहरूले कथाका विषयवस्तुमाथि छलफल गर्लान् । बालबालिकाका मन पर्ने पात्रहरू, तिनका तस्वीरलाई चुम्बन गरी वातावरण रमाइलो पार्लान् । यस्तो अनुभूत गर्न पाउनु अभिभावकहरूका लागि एउटा आनन्ददायी क्षण हो ।
ती स्वर्गीय अनुभूत गर्ने थोरै अभिभावकमध्ये म पनि एउटी आमा हुँ । मेरा छोराहरूसँग म यस्ता अवसरहरू कहिल्यै पनि चुकाउँदिनँ । यसो गर्नुका पछाडि धेरै कारण छन् । म एउटा सुसम्पन्न परिवारमा हुर्किएँ । मेरो परिवारका लागि पुस्तकहरू अन्य धेरै चिजभन्दा मूल्यवान् ठानिन्थे । मेरा अभिभावकले ती मूल्यवान् चिज किन्ने समय र पैसा दुवै हामीलाई दिन्थे । अहिले म मेरो छोरालाई उसरी नै किताब किनिदिन पाउँदा म भाग्यमानी ठान्छु । मसँग ऊसँगै पढ्न पर्याप्त समय छ । मसँग किताब पढ्ने र उसलाई पढाउने ऊर्जा पनि उत्तिकै छ ।
यस्तो भाग्य सबै परिवारसँग हुँदैन । धेरै परिवारले भयानक आर्थिक दबाब झेलिरहेका हुन्छन् । त्यसमाथि बाल गरिबी उच्च छ । यस्तो बाल गरिबीको अवस्थामा बालबालिकाले किताब किन पढ्दैनन् भनेर गुनगनाउनुको कुनै अर्थ छैन । जब एउटा परिवारले किताब किन्न वा उसलाई पुस्तकालयसम्म डो¥याउने समय दिन सक्दैन, त्यसको साटो उसलाई दैनिकी छाक टार्न सङ्घर्ष गरिरहनुपर्छ भने उसको परिवारमा पठन संस्कृति कमजोर हुनु कुनै आश्चर्य हुँदैन । विभिन्न सर्भे, तथ्याङ्कहरूले यस्ता कुरामा बाल दिँदैनन् ।
वास्तवमा पुस्तकहरू महँगो हुन सक्छन् । केही परोपकारी पसलहरूले त दानमा दिने भनेर पुस्तकको बढी मूल्य तिराउँछन् । यस्तोमा ज्यादै कम पैसा लिएर किताब पसल छिरेका अभिभावकहरूले अपमानबोध र अपराधबोध दुवै गर्न थाल्छन् ।
मानौँ कुनै अभिभावकले आफ्ना सन्तानलाई पुस्तकालयसम्म पु¥याउन चाहलान्, त्यहाँ जाँदा आउँदाको खर्च र दिनभरि बालबालिकाले त्यहाँ पढ्दा भोकले सातो जान थालेपछि किन्नुपर्ने खाजाको रकम सोचेरै अभिभावकहरूको आँत काप्न थाल्छ ।
अभिभावकहरूले दुई छाकको भातका लागि लामो अवधिसम्म काम गरिरहेका हुन्छन् । कुनै परिवारमा दुईभन्दा बढी सन्तान छन् भने त प्रायः घर पुग्ने, खाना बनाउने र सुत्ने समयमा मात्र उनीहरूबिच झगडा हुँदैन होला नत्र प्रायः जुनसुकै बेला एकआपसमा खिचातानी, हानाहान र झैँझगडाको अवस्था सिर्जना भइरहेको हुन्छ । यस्तोमा उनीहरूको पठन संस्कृति कसरी बनाउने र बढाउने भन्ने चिन्ता अभिभावकहरूले लिनै सक्दैनन् ।
अहिले स्मार्टफोनरहित बालबालिकाको कुराहरू उठिरहेको छ । तर यो सम्भव छ ? एकातिर अभिभावकहरू बालबालिकालाई पुस्तकालय र पुस्तकसम्म डो¥याउन सकिरहेका छैनन्, त्यसमाथि स्मार्टफोनरहित बनाउन थालियो भने बालबालिकाले के गर्लान् ?
अचेल अटेन्सन डिफिसिट अर्थात् ध्यान दिन नसक्ने अवस्था पठन संस्कृतिको सबैभन्दा ठुलो दुश्मनका रूपमा उभिन थालेको छ । म त यस्तो अटेन्सन डिफिसिट देखेर विचलित नै भएकी छु । यस्तो अवस्थामा हामी पुस्तकप्रेमीहरूका लागि कुनै सानो आशा कतै बचेको होला त ?
विकसित मुलुकहरूले विद्यालयहरूमा आनन्दका लागि पठन अभियानलाई प्रोत्साहित गरिरहेका छन् । केही मनकारी तथा परोपकारी संस्थाहरूले यसतर्फ राम्रो काम गरिरहेका छन् । मेरो छोरालाई गत साता दुईवटा निःशुल्क पुस्तकहरू दिएर घर पठाइयो । बुक ट्रस्टले बालबालिकालाई पुस्तक पढ्न हौस्याउन यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
(रियानन लुसी कसलेट गार्डियनकी विचार लेखक तथा विभिन्न पुस्तककी लेखिका हुन् ।)
Leave a Reply