म भैल खः हुँ
- बैशाख ४, २०८३
हो, परिवर्तन चाहिन्छ
परिवर्तन रोकिने पनि हैन
तर, परिवर्तन पात्रमा हैन
प्रवृत्तिमा हुनुपर्छ
२००७, २०४६ र २०६३ साल
के सबै परिवर्तन होइनन् ?
बहुमत ल्याउने, सरकार बनाउने
पात्र फेरिएकै हुन् त
परिवर्तन किन भएन ?
किनभने प्रवृत्ति उही भए,
पात्रमात्र बदलिएर के गर्नु ?
हो, मालिकहरू
थाकेका घोडा फेर्छन्
पञ्चायतपछिको बहुदल
राजतन्त्रपछिको गणतन्त्र
के थाकेको घोडा फेर्नु हो ?
संसद्, सरकार, न्यायालय
आन्दोलनको नाम किन भएन ?
प्रवृत्तिमा परिवर्तन किन भएन ?
के सालिक राख्दैमा होला ?
पुस्ता नयाँ भएर के गर्नु ?
सहिदका सपना नबुझ्नेहरू !
२०८२ माघ २१
Leave a Reply