भर्खरै :

पुँजीवादी सोच

पुँजीवादी सोच

बुद्धिमानी मनले
विचार पु¥याउनु
समय छँदै हेर ।
पछि पछुताउनु
बेकार मात्र हुन्छ
बुझ पचाउनेले ।
त्याग तपस्या गरे
अग्रजहरूले नि
सेवा भाव मनले ।
आज भुल्दै छौ किन
बलिदानी सोचको
इतिहास हिजोको ।
सिद्धान्त र विचार त
सबैमा हुनुपर्ने
बेवास्ता गर्दै छन् ।
आफैमात्र खाने त
आफैमात्र लाउने
राम्रो बानी होइन ।
मरेपछिको स्वर्ग
किन चाहियो भनी
भन्दै छ आज भोलि ।
लोभ लालचले
ग्रसित हुँदै छ
पँुजीवादी सोचले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *