नेपालै के कस्तो !
- आश्विन २, २०८३
आयो उम्मेदवार बनेर
पुराना नयाँ मकुन्डोधारीहरू
अबिर दल्दै, माला लगाउँंदै
गाउँदै, नाच्दै आयो
चटक देखाउँंदै ठगहरू
कोही प्रधानमन्त्री बनेर
कोही उपप्रधानमन्त्री र कोही मन्त्री बनेर
देश र जनतालाई ठगेकाहरू
देशलाई खरबौँ ऋणमा डुबाएर
विकासको ध्वाङ फुक्नेहरू
ऋण तिर्न ऋण थप्नेहरू
ऋणमै तलब खुवाउनेहरू
विस्तारवादका दलालहरू
साम्राज्यवादका गोटीहरू
कोही आर्थिक अपराधीहरू
कोही फौजदारी आरोपीहरू
आयो उम्मेदवार बनेर
पुराना नयाँ मकुन्डोधारीहरू
अबिर दल्दै, माला लगाउँंदै
गाउँदै, नाच्दै आयो
चटक देखाउँदै ठगहरू ।
२०८२ माघ २२
Leave a Reply