भर्खरै :

सिद्धान्त र विचारमा भिज्नुपर्छ

सिद्धान्त र विचारमा भिज्नुपर्छ

लोभलाग्दो आश्वासन र
हल्ला होइन
सिद्धान्त र विचारमा भिज्नुपर्छ ।

यहाँ
भोट माग्दा
सपना बेचिँदैन,
कसम खाइन्छ –
मन्त्री बन्न होइन
सेवा गर्न
र यहीँ जनताको
सबैभन्दा ठुलो विश्वास बन्छ ।

नेतृत्व यहाँ
कुर्सीमा होइन,
गल्ली–गल्लीमा हिँड्छ
सङ्घर्षको अनुभव बोकेर ।

प्राडो–पजेरोको आवाजभन्दा
मादलको ताल ठुलो लाग्छ यहाँ,
किनकि, यो ताल
विदेशी इसारामा होइन
आफ्नै माटोमा बज्छ ।

जेन–जी उठ्दा सहर काप्छ
तर, भक्तपुर स्थिर रहन्छ,
किनकि यहाँ आन्दोलन
फेसबुकबाट होइन
इतिहासबाट बग्छ ।

जल्नेहरू जलिरहन्छ
तर नेमकिपा चलिरहन्छ –
किनकि, यो पार्टी,
एक अभ्यास हो
इमानदारीको ।

जबसम्म जनताको पक्षमा
लड्ने आँट बाँकी छ,
त्यसदिनसम्म यहाँ सत्ता होइन,
सिद्धान्त जितिरहन्छ ।

भक्तपुर तिमीलाई सलाम छ
नेमकिपा तिमीलाई सलाम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *