भर्खरै :

पुँजीवादको खराबी र समाजवादको खाँचोबारे सचेतना आवश्यक

पुँजीवादको खराबी र समाजवादको खाँचोबारे सचेतना आवश्यक

निर्वाचन पनि एक वर्गीय र राजनीतिक सङ्घर्ष हो । हरेक निर्वाचनमा नेमकिपाले जनतालाई पुँजीवादको खराबी र समाजवादको अपरिहार्यताबारे सचेत पार्ने काम गर्दै आएको छ । निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिइएको छ । खराबलाई फाल्ने, असललाई तिखार्ने, जनतालाई सचेत र सङ्गठित गर्दै समाज परिवर्तनको निम्ति तयारी गर्ने काम कम्युनिस्ट पार्टीले गर्छ† गर्नुपर्छ । समाजका जालीफटाहा, लोभीपापी, शोषक, सामन्त, षड्यन्त्रकारी, अपराधी, भ्रष्टाचारी र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने पुँजीवादी तत्वहरूलाई हराउन देशका देशभक्त, इमानदार, सिद्धान्तनिष्ठ दलहरू जहिले पनि चनाखो भइरहनुपर्छ । सैद्धान्तिक र व्यवहारिक ज्ञानको फराकिलो पार्दै वर्गीय र राजनीतिक सङ्घर्ष गरेरै जनतालाई सचेत र शिक्षित बनाउने हो ।
निर्वाचनमा कुनै पनि छली, पाखण्डी, विश्वासघाती, षड्यन्त्रकारी, अवसरवादी उम्मेदवारहरूलाई मतदान गरेर जिताउने गलत काम जनताले गर्नु हुँदैन । प्रत्येक मतदाता कसैको लोलोपोलोमा नफसी बहुमत जनताको प्रतिनिधित्व गर्ने, योग्य, इमानदार, निःस्वार्थी, देशभक्त र परिवर्तन चाहने उम्मेदवार छान्नुपर्छ । मतदाताले पछि प्रायश्चित हुने गरी गलत व्यक्ति या उम्मेदवार चयन गर्नु हुँदैन । यस्तो बेला कसैको लहैलहैमा हिँड्ने होइन । सही राजनीति गर्ने दल र दलका उम्मेदवारहरू चयन गर्नुपर्छ । मतदाताको सानो गल्ती या लापरबाहीले देशको राजस्वमा रजाइँ गर्ने पात्रहरू निर्वाचित हुनसक्छ । यसकारण, यो निर्वाचनलाई हचुवा ढङ्गले सोच्नु हुँदैन† ठीक समयमा सही उम्मेदवार छनोट गर्न मतदाताहरू तयारी हुनुपर्छ ।
देशको गाउँ–गाउँ र बस्ती–बस्तीमा शिशुशाला र बालोद्यानको चौतर्फी विकास गर्नुपर्छ† विकास गरेर महिलाहरूको श्रमशक्तिलाई सहयोग पु¥याउनुपर्छ । बालबालिकाहरू मानसिक र शारीरिक विकास गर्न, रोजगारी पाउन र भएको रोजगारी बचाउन पनि शिशुशाला र बालोद्यान आवश्यक हुन्छ । प्रजग कोरियालाई शिक्षा र सरसफाइ भएको देश त्यसै भनिएको होइन । सरकारले हेर्नुपर्ने एउटा पक्ष ज्येष्ठ नागरिकको हेरविचार र पालनपोषण पनि हो । जीवनभर आ–आफ्नो समाज, परिवार, खेत–खलिहान, ज्यासल, कारखाना, कार्यालय, शिक्षालय, साहित्य, सङ्गीत, कला, संस्कृति आदिमा समर्पित देश र जनताप्रति प्रतिबद्ध सेना, प्रहरी, राष्ट्रसेवकको क्षेत्रमा खट्दा खट्दै उमेर पुगेका ज्येष्ठ नागरिकहरूको राज्यले जीवन सुनिश्चितताको लागि जोहो गर्नुपर्छ । त्यसको लागि गर्नुपर्ने एउटा काम राज्यले देशव्यापी आदर निकेतन खोल्ने हो । आदर निकेतन स्थापना गर्न राज्यले स्थानीय तह, प्रदेश र केन्द्रलाई नीति निर्माण गराउनुपर्ने धारणा नेमकिपाको हो ।
ज्येष्ठ नागरिक, अशक्त, टुहुराटुहुरीको आवश्यक व्यवस्था मिलाउन राज्य अघि सर्नुपर्छ । किसान, मजदुर र कामदारवर्गको हितमा कानुन बनाउन, प्राकृतिक स्रोत र सम्पदा संरक्षण गर्न, कृषिमा आत्मनिर्भर बनाउन, देशलाई सिक्किम बनाउन खोज्नेहरूविरुद्ध लड्न, देशको सीमा सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न लड्ने दल र दलका नेताहरू देशको निम्ति खाँचो छ । भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको हस्तक्षेपविरुद्ध सङ्घर्ष चालु राख्नुपर्ने देशको आवश्यकता हो । अव्यवस्थित विकास रोकेर देशको सन्तुलित विकास गर्न र गराउन पहल गर्ने, सरकारको ध्यानाकर्षण गर्ने दल र दलका उम्मेदवारहरूलाई मतदाताले निर्वाचित गर्नुपर्छ । मतदाताले मतदानको बेला सोचविचार नगरी जोकोहीलाई जिताएकै कारण देशको हालत यो स्थितिमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *