भर्खरै :

शासक दलहरूको मनपरीमा अङ्कुश लगाउन नेमकिपाको जरुरी

शासक दलहरूको मनपरीमा अङ्कुश लगाउन नेमकिपाको जरुरी

राज्यको चौथो अङ्ग आमसञ्चार हो । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनबारे केही सञ्चार प्रतिनिधिहरू भक्तपुर नगरपालिकाका प्रतिक्रिया लिने नाममा जनतालाई जबरजस्ती नेमकिपाको विरोधमा बोल्न लगाउने प्रयासमा देखिन्छ ।
भर्खरै एउटा सञ्चारमाध्यमले ‘नेमकिपा भक्तपुर क्षेत्र नं १ आफ्नो गढ जोगाउने दाउमा’ जस्ता समाचार सम्प्रेषण गरी नेमकिपा राजनीतिक रूपमा ‘कन्जरभेटिभ’ भएको समेत आरोप लगायो । नेमकिपाको राजनीतिक आदर्श उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने ‘समाजवाद’ हो । पुँजीवादी समाजभन्दा अघि बढेको समाजवादी समाज हो । तर, उक्त सञ्चारमाध्यमले नेमकिपालाई ‘कन्जरभेटिभ’ (परम्परागत) आरोप लगायो । यो झूट हो ।
बहुदलीय व्यवस्था पुनःस्थापनायता ३५ वर्षको प्रजातन्त्र र गणतन्त्रमा पालैपालो प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएका सबै शासक दलहरू सामन्तवादी र पुँजीवादी अर्थात् ‘कन्जरभेटिभ’ पार्टी हुन् । यो यथार्थलाई ढाकछोप गर्न उक्त सञ्चारमाध्यमले ‘नेमकिपाको विरासत कायमै रहला’ जस्ता प्रश्न उठाएको सामयिक छैन । नेमकिपाले जस्तै शासक दलहरूले देश र जनताको निःस्वार्थ सेवा गरेको भए भदौ २३ र २४ गतेको दुर्घटनासमेत हुने थिएन । नेपालका सञ्चारमाध्यमहरूले प्रम, उपप्रम र मन्त्री भएका शासक दलहरूको गुणगानमा लाग्दा देश यो सङ्कटमा पुगेको होइन ?
हो, राजनीति बुझेका नेपालीले देशभरिका निर्वाचन क्षेत्रबाट नेमकिपाका उम्मेदवारलाई जिताएमा संसद्मा देश र जनताको पक्षमा बोल्नेहरूको मत बलियो हुनेछ र शासक दलहरूको मनपरीमा अङ्कुश लगाउन मद्दत पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *