भर्खरै :

तिब्बतको उपद्रवको पृष्ठभूमि

  • माघ २४, २०८२
  • प्रा. माणिकलाल श्रेष्ठ
  • विचार
तिब्बतको उपद्रवको पृष्ठभूमि

केही दिनयता चीनको स्वशासित क्षेत्र तिब्बतमा उपद्रव मच्चिँदै आएको छ, सार्वजनिक सम्पत्ति धेरै विनाश गरिदै आएको छ, केहीको ज्यान गएको छ । यी गतिविधिमा संलग्न भएकाहरूले यसलाई स्वयंस्फुर्त ‘विद्रोह’ अथवा ‘जनता’ को असन्तोष भनेका छन् । केहीले यसलाई ‘चिनियाँ कब्जाबाट स्वतन्त्र हुने तिब्बती जनताको आन्दोलन’ बताए । चिनियाँ अधिकारीहरूले यसलाई ‘साम्राज्यवादी दलालहरू’ र ‘षड्यन्त्रकारी तत्वहरू’ को निर्देशनमा भएको ‘मुठीभरका आपराधिक हुल्याहाहरू’ को ‘ध्वंसात्मक तोडफोड’ भनेका छन् । यस विषयमा निष्पक्ष र वस्तुगत विश्लेषण गरौँ ।
साँचो माग
यो लेखकको विचारअनुसार जनतासँग आत्मनिर्णयको अधिकार छ र आफ्नो भाग्यको निर्णय गर्ने पूर्ण अधिकार हुन्छ । त्यसकारण, हरेक राष्ट्रसँग आफैलाई स्वतन्त्रतापूर्वक शासन गर्ने अधिकार सुरक्षित हुन्छ । यदि तिब्बती जनता त्यस्तो इच्छा राख्छन् भने तिनीहरूमा आफ्नो स्वतन्त्र राज्य स्थापना गर्ने र अलग्ग गर्ने अधिकार हुन्छ – यद्यपि मलाई विश्वास छ, तिब्बत चीनको भूभाग हो र धेरै पहिलेदेखि चीनको स्वायत्त प्रान्त रहँदै आएको छ । जनवादी गणतन्त्र चीनको स्थापनापछि चीनबाट तिब्बत ‘कब्जा’ को तथाकथित कथा आधारहीन छ र अन्तर्राष्ट्रिय समुदाय तथा तिब्बतबाट फालिएका सामन्ती दास मालिकहरूबाट प्रचारित नाङ्गो झूट हो । मुख्य प्रश्न ‘स्वतन्त्र तिब्बत’ तिब्बती जनताको साँचो माग हो वा तिब्बतका पूर्वसामन्ती शासक गुटको नारा हो ?
सन् १९३३ मा बेलायती आरोहीहरूले संसारको सर्वोच्च शिखर सगरमाथा नेपालको तर्फबाट चढ्न सुरु गरेको इतिहासले देखाउँछ । तिनीहरू उत्तरतर्फबाट चढ्ने बेला आरोही दलले बेलायती उपनिवेशको भारतीय सरकारबाट भनिएझँै तिब्बतको सरकार अथवा दलाई लामाको मन्त्रिमण्डल) ‘कास्या’ (Kasya) बाट होइन, चीनको केन्द्रीय सरकारबाट अनुमति खोजेको र पाएको थियो ।
सन् १९२३ मा चीनको तिब्बती प्रान्त र बेलायती उपनिवेशको भारतबिच सीमा रेखाङ्कन गर्न बेलायती भारत सरकार र चिनियाँ सरकारको प्रतिनिधि (तिब्बती सरकारको होइन) बिच सिम्ला वार्ता भएको थियो । बेलायती भारतबाट प्रस्तावित भारत र सिन्कियाङ कोमिङताङ सरकारको प्रतिनिधिले अस्वीकार गरेको हुँदा वार्ता असफल भएको थियो । (Sinkiang) र पश्चिमी तिब्बतबिचको म्याकमोहन (McMohan) रेखालाई चीनको भारतमा शरण जान उक्साएर चीनबाट तिब्बत अलग्ग गर्ने योजना बनाए । त्यसबेला संरा सन् १९५९ मा संरा अमेरिका र भारतले दलाई लामा र उसका सहयोगीहरूलाई अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा ‘चिनियाँ कम्युनिस्ट पार्टीबाट तिब्बत कब्जा’ को विषय उठायो र स्वतन्त्र तिब्बतको माग ग¥यो । त्यसबेला चीनको तर्फबाट सुरक्षा परिषद्मा स्थायी प्रतिनिधित्व गर्ने कोमिङताङ सरकारका ताइवानी प्रतिनिधिले समेत तिब्बत चीनको अभिन्न अङ्ग भएको र चीनबाट कब्जा गरिएको भन्ने प्रश्न उठ्न नसक्ने बताए ।
सन् १९११ को सुरुमा डा. सनयात सेनले चीनको राजतन्त्र फालेर उदार प्रजातान्त्रिक गणतन्त्र स्थापना गरेको र चीनको पहिलो संसद् गठन गरेको बेला दलाई लामाको तिब्बतको सरकार (स्थानीय सरकार) ले चीनको संसद्मा तिब्बतको प्रतिनिधित्व गराउनुपर्ने माग राखेको थियो । त्यसपछि तिब्बतको निम्ति छुट्याइएको दुई स्थानमा दुईजना व्यक्ति तिब्बतले मनोनीत गरेको थियो ।
नेपालले तिब्बतमा आक्रमण गरेपछि सन् १७९१–९२ मा सुरु भएको नेपाल चीन युद्धको बेला तिब्बतको सरकारले चिनियाँ सम्राटलाई नेपाली गोर्खा सैनिकले ‘सम्राट’ (चीनको सम्राटको अर्थमा) को भूभागमा आक्रमण गरेको जाहेर गरेको थियो ।
तत्कालीन दलाई लामा (चिनियाँ सम्राटबाट दलाई लामाको पदवी पाउनु अगाडि नै) मरेको बेला तिब्बती अधिकारीहरूले चिनियाँ सम्राटबाट मान्यता प्राप्त गर्न मरेको दलाई लामाको दाहसंस्कार र राज्याभिषेक लामो समयसम्म स्थगित गरेका थिए । मान्यता पाएपछि मात्र दलाई लामाको दाहसंस्कार गरिएको थियो । यो घटनाले दलाई लामा पद सार्वभौम राज्यको शासक होइन, चीनको स्वायत्त प्रान्त तिब्बतको प्रशासन हेर्ने चिनियाँ सरकारबाट नियुक्त स्थानीय सरकार भएको पुष्टि गर्छ ।
साँचो अर्थमा तिब्बतको स्थानीय शासक दलाई लामाको नियुक्तिको परम्परा सन् १२५३ देखि मङ्गोल वंशका संस्थापक चङ्गेज खाँ (Founder of the Mongol–Dynasty) को छोरो कुबला खाँ (Kublai Khan) चिनियाँ सम्राटको समयदेखि सुरु भएको हो । कुबला खाँले (त्यसबेलाको एक मङ्गोलियाली भिक्षु) पाँचौँ दलाई लामालाई सम्राटको मातृभाषा मङ्गोलियाली लिपिको आविष्कार वा परिकल्पना गरेको महत्वपूर्ण योगदान गरेकोमा तिब्बतको पछिल्लो दलाई शासकको रूपमा पुरस्कृत गरेको थियो ।
सन् १९५९ मा स्थापना भएको जनवादी गणतन्त्रको नयाँ चिनियाँ सरकारले तिब्बतलाई न गाभेको थियो न त कब्जा नै गरेको थियो । यसले सामान्यतः प्रजातान्त्रिक सुधार लागू गर्यो, सारमा पुरानो सामन्तवादी व्यवस्थाको अन्त्य गर्यो र दास मालिकहरूको सामन्ती शासन अन्त्य गर्यो । त्यसैकारण, फालिएको शासक गुटले तिब्बतमा चीनको उपस्थितिलाई विरोध गर्दै आएको हो ।
सन् १९५१ मा माओ त्सेतुङबाट भएको युगान्तकारी सुधारको महत्व स्पष्ट छ । जनवादी गणतन्त्र चीनको केन्द्रीय सरकारबाट सुधार हुनुअगाडि तिब्बतको ३२ लाख जनसङ्ख्यामध्ये २० लाख मानिस दासहरू थिए । यद्यपि १२ लाखमात्र दास मालिकहरू थिए । सन् १९५१ को ऐतिहासिक परिवर्तनले २० लाख दासहरूलाई मुक्त गर्यो र त्यसपछि उनीहरू नै तिब्बतको वास्तविक मालिक र आफ्नो भाग्यका मालिक भए । चिनियाँ कम्युनिस्टहरूबाट तिब्बती संस्कृतिको विनाश भएको भनी हो–हल्ला गर्नेहरू र तिब्बतको संस्कृतिको संरक्षणको कुरा गर्नेहरू वास्तवमा दास मालिकहरूको सामन्ती विशेषाधिकारको पुनःस्थापना चाहनेहरू हुन् ।
तिब्बती जनसङ्ख्याको अत्यधिक बहुमत भएका मुक्त दासहरू अहिले आफ्नो स्वायत्त प्रदेशको प्रशासनको नियन्त्रण गर्छन् । तिब्बतको पहिलेको प्रशासनमा शासक भिक्षु समुदायका सदस्यहरू धार्मिक कार्यमा मात्र सीमित थिएनन्, राज्य व्यवस्थाको मालिक पनि थिए । एक जना प्रख्यात जापानी बौद्ध भिक्षु एकाइ कावा गुची (Ekai Kawa Guchi) ले बीसौँ शताब्दीको शासक तिब्बती भिक्षुहरू धार्मिकमात्र थिएनन् दुष्ट र पाखण्डीसमेत भएको टिप्पणी गरेका थिए । त्यो टिप्पणी तिब्बतका सम्पूर्ण भिक्षुहरूको लागि लागू थिएन, बरु सामन्ती शासक भिक्षु गुटलाई मात्र लागू थियो ।
उक्साउने काम
सन् १९५९ मा दलाई लामा र उसका साथीहरूको सानो समूहले मुक्त भएको तिब्बतबाट नयाँ क्रान्तिकारी बन्दोबस्त उखेल्न अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसँग साठगाँठ गर्यो । त्यसो गर्न नसकेपछि तिनीहरू भारत भागे । अहिले उही गुटले संरा अमेरिकाको उक्साइमा तिब्बतमा समस्या निम्त्याउन कोसिस गर्दै छ । यस्तो अवस्थामा नेपाल सरकारले नेपाली माटोमा तिब्बतविरोधी गतिविधि हुन नदिन उच्च सतर्कता अपनाउनु आवश्यक छ ।
[Behind The Disturbances in Tibet–The Rising Nepal, 27 March 2008]

Leave a Reply

Your email address will not be published. Required fields are marked *