भर्खरै :

संसद्मा प्रखर प्रतिपक्षमा नेमकिपा

संसद्मा प्रखर प्रतिपक्षमा नेमकिपा

भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा सूर्यविनायक नपा ७ मा कार्यकर्ता भेला सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा सांसदले संसद्मा प्रखर प्रतिपक्षको भूमिका निभाएर यसलाई जीवन्त राखेको बताउनुभयो ।
विचार, सिद्धान्त र व्यवहारमा अब्बल भई जनताको सेवा गर्नु नै राजनीति हो भन्दै उहाँले भन्नुभयो, “नेपालको समग्र राजनीतिक इतिहासमा सच्चा कम्युनिस्ट पार्टीको अद्वितीय नमुना नेमकिपाले आफ्नो कामबाट प्रस्ट पारेको छ । आकार ठुलो हुँदैमा जनपक्षीय काम नहुने हुँदा आम नागरिक राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्छ ।”
विदेशी सङ्घ संस्थाको आडभरोसामा परिवर्तन र विकास निर्माणका काम गर्दा स्वाभिमान र सार्वभौमिकतामाथि चुनौती आउन सक्नेतर्फ औँल्याउँदै उहाँले भन्नुभयो, “स्थानीय जनसमुदायको साथ, सहयोग र अग्रजहरूको कुशल नेतृत्वले सम्पदा पुनःनिर्माण सफल भएको छ । यसमा हामीलाई आत्मगौरव महसुस हुन्छ ।”
उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको घटना र त्यसबाट सृजित परिवेशले विदेशी शक्तिले नेपालको खरानीमाथि राजनीति गर्दै छ । यसमा नवपुस्ता जागरुक र सचेत हुनु आवश्यक छ ।”
“पद र पैसाको राजनीति गर्ने दलहरूको पछि नलाग्न जनतालाई अनुरोध गर्दै आगामी निर्वाचन निःस्वार्थ रुपमा जनताको सेवा गर्ने नेमकिपालाई विजयी गराउनुपर्ने आवश्यक छ ।” उहाँले भन्नुभयो ।
उहाँले निर्वाचनमा प्रतिगामी दलहरूले कहिल्यै वातावरण नदिने हुँदा कार्यकर्ताहरू सबै सतर्क र सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रमेश वैद्यले भक्तपुर नपाभित्र भएका ख्वप इन्जिनियरिङ कलेज, ख्वप अस्पताल, आदर निकेतन, शिशुस्याहार केन्द्र आदिको उत्कृष्ट कार्य उल्लेख गर्दै शिक्षा स्वास्थ्य देशैभर सर्वसुलभ बनाउन आगामी निर्वाचनमा नेमकिपा विजयी हुनुपर्ने तर्क गर्नुभयो ।
उहाँले जनताको घर दैलोसम्म सर्वसुलभ सेवा सुविधा र पारदर्शी कार्य सञ्चालनले भक्तपुर नपा परिचित भएको हुँदा देशभरिका सङ्घ संस्थाहरूले भक्तपुर नपाको अवलोकन भ्रमण गरेका छन् भन्नुभयो ।
नेमकिपाले विजय प्राप्त गरेको स्थानमा राम्रो बन्दोबस्ती र सुविधा भएको भन्ने तर निर्वाचनका समयमा अन्य दलहरूलाई मत दिने प्रक्रिया नरोकुञ्जेल देश विकासले धिमा गति लिने विचार व्यक्त गर्नुभयो । उहाँले नेमकिपाले कुराभन्दा कामलाई प्राथमिकता दिने हुँदा कार्यकर्ताहरू जनताको घर–घरसम्म पुगी आवश्यक सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई दिग्भ्रमित तुल्याउने कथित शक्तिहरूबाट बचाउन सचेत जनता सधैँ चनाखो हुनुपर्छ ।”
नेमकिपा सूर्यविनायक नगर सचिव महेन्द्र बखुन्छेँले अदृश्य तथा बाह्य शक्तिको आड भरोसामा चुनाव लड्दा मालिकको सेवा गर्न जनतालाई धोखा दिने दलहरू सच्चा राजनीतिक पार्टी नहुने तर्क राख्नुभयो । उहाँले नयाँ विकास भएका दलहरूतिर सङ्केत गर्दै विदेशी शक्तिले नयाँ घोडा चयन गरेको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
उहाँले नेमकिपाले ४४ प्रतिशत प्रत्यक्ष महिला उम्मेदवारी दिँदा पनि खेदो खन्ने कथित ठूला दलहरूले करिब ६ प्रतिशतमात्र प्रत्यक्ष महिला उम्मेदवार उठाएको तीतो यथार्थलाई जनताले मूल्याङ्कन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
“श्रमिक, मजदुर वर्गलाई अगाडि बढाई समाजवादी व्यवस्थालाई अगाडि बढाउन नेमकिपा सधँै सङ्घर्ष गर्दछ ।” उहाँले भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला सदस्य राजेन्द्र बखुन्छेँले रुसी संशोधनवाद र खोटा विचारहरूको खण्डन गर्दै नेमकिपा ५२ वर्ष पहिले स्थापना भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
“मोहियानी हक सुरक्षा गर्न, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन आदि किसानको हित हुने कार्यमा नेमकिपाले अतुलनीय योगदान दिएको छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नपा–७ का संयोजक सूर्यबहादुर पञ्च र सदस्य राजु सैंजूले नेमकिपाका देशभक्त उम्मदेवारहरूलाई विजयी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *