भर्खरै :

निर्वाचन जनतालाई सचेत पार्ने अवसर

निर्वाचन जनतालाई सचेत पार्ने अवसर

भक्तपुर, २५ माघ । “२०४६ सालको आन्दोलनपछि सरकारमा गएका पुँजीवादी पार्टीका नेताहरूको अकर्मण्यता र तिनीहरूले गरेका भ्रष्टाचार, पक्षपात र राष्ट्रघाती सन्धिहरूको कारण देशको आर्थिक अवस्था नाजुक भएको हो । युवाहरूलाई रोजगारीको अवसर सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउनुको सट्टा युवाहरूको श्रमशक्ति देशको उत्पादन क्षेत्रमा उपयोग नगरी विदेशमा दास सरह काम गर्न बाध्य पार्ने सरकारहरू यसका दोषी हुन् ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा २ वडा समितिद्वारा आयोजित प्रवचन कार्यक्रम तथा निर्वाचन परिचालन समिति गठन कार्यक्रममा बताउनुभएको हो ।
उहाँले देशको प्राकृतिक सम्पदाहरू विदेशीलाई सुम्पेर मतदाताहरूलाई भोजभतेर खुवाउने, सामान र पैसा बाँड्ने पार्टीहरूले जनताको सेवाको लागि नभई विदेशीको स्वार्थ र निर्देशनमा काम गर्दै आएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले प्रखर प्रतिपक्षको भूमिका निभाउँदै आएको बताउँदै उहाँले ठुला भनाउँदा पार्टीहरू मिलेर भागबन्डा गरी देशलाई भड्खालोमा पु¥याएको इतिहास जनतामाझ पु¥याउने र जनतालाई सचेत पार्ने निर्वाचन एउटा अवसर हो भन्नुभयो ।
सांसद गोसाईले एमसीसीका पक्षपातीहरूले निर्वाचनमा जित्न सबै प्रकारका कुत्सित प्रयास अपनाउने हुँदा कार्यकर्ताहरू सचेत हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई राजनैतिक रूपले सचेत गर्न नसकेसम्म विदेशी दलालहरूले दुःख दिइरहने बताउनुभयो ।
कार्यक्रममा जी. लासिवाले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले इमानदारीका साथ जनताको सेवा गर्दै आएको उल्लेख गर्दै राजनीतिमा उमेरले भन्दा विचार, सङ्घर्षमा योगदान, कार्य अनुभव, जनताको सेवा गर्ने र सार्वभौमिकता रक्षा गर्ने भावना महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले जनतालाई सही राजनैतिक विचार दिन नसकेसम्म विध्वंस भइरहने हुँदा नेपालको लागि समाजवादी व्यवस्था नै जनताको हित हुने नयाँ कुरा भएकोे बताउनुभयो । उहाँले देशको गुह्य कुरा विदेशीको हातमा पु¥याउने आई. एन. जी. ओहरू देशको लागि घातक हुने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका गंगाराम ज्याख्वले नेपाल मजदुर किसान पार्टीको स्थापना कामदार जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको स्पष्ट पार्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय आन्दोलनहरूको इतिहासबाट
सिक्नुपर्ने बताउनुभयो । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले नेमकिपाको स्थापना समाजको आमूल परिवर्तनको लागि नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन, रुसी संशोधनवाद, सामाजिक साम्राज्यवादमा पतन पुस्तक प्रकाशनसँगै राजनैतिक र सैद्धान्तिक सङ्घर्षलाई आधार बनाएर समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य लिएर पार्टी स्थापना भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशप्रसाद सुवाल, सूर्यनारायण फाँजु र हरिराम सुवालले निर्वाचनमा जनतालाई राजनैतिक रूपले सचेत पार्नुपर्नेबारे बताउनुभयो ।
भेलाले रवीन्द्र खर्बुजाको संयोजकत्वमा २ वडा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *