भर्खरै :

नेमकिपाले माक्र्स दिवस मनाउँदै

विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवस नेपाल मजदुर किसान पार्टीले वर्षभरि विभिन्न वैचारिक र प्रशिक्षणात्मक गतिविधि गरी मनाउने भएको छ ।
आगामी मे ५ (बैशाख २२ गते) माक्र्सको २०० औं जन्म दिन हो । सो दिन नेमकिपाले विचार गोष्ठी गरी माक्र्स र एंगेल्सका कृति तथा विचारमाथि छलफल गर्ने भएको छ ।
पार्टीको आयोजनामा सो दिन आयोजना हुने विचार गोष्ठीमा विभिन्न १३ विषयहरुमा वक्ताहरुले प्रवचन दिने बताइएको छ ।
तात्कालीन युरोपको अवस्था, माक्र्सवादी दर्शनशास्त्र, माक्र्सवादी अर्थतन्त्र, माक्र्सको जीवनी, हेगेल र फायरवाखको दर्शन आदि विषयमा वक्ताहरुले चर्चा गर्ने कार्यक्रम बनेको छ ।
साथै सो कार्यक्रममा माक्र्स लिखित ‘कम्युनिष्ट घोषणा–पत्र’ र ‘फ्रान्सेली गृहयुद्ध’ तथा एंगेल्स लिखित ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ र ‘बेलायती मजदुरहरुको अवस्था’ कृतिबारे पनि चर्चा हुनेछ ।
कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, प्राध्यापक, बुद्धिजीवी र पत्रकारहरुले ती विषयहरुमा बोल्ने पार्टी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *