नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
दुई कोरियाबीचको ऐतिहासिक शिखर सम्मेलन शुक्रबार बिहानबाट शुरु भएको छ । सीमावर्ती पानमुनजोमोन गाउँको दक्षिण कोरियाली खण्डमा सो सम्मेलन शुरु भएको हो । प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई उनका दक्षिण कोरियाली समकक्षी मुन जाए–इनले औपचारिक रुपमा स्वागत गरेका थिए । दुई नेताहरुबीच हार्दिकतापूर्वक संवाद भएको थियो ।
मुनले दक्षिणको भूभागमा उनलाई स्वागत गरेपश्चात उनले पनि मुनलाई उत्तरको भूभागमा स्वागत गरेका थिए । उनको स्वागत मानेर मुनले पनि उत्तरको भुभागमा पाइला राखेका थिए । अन्तर्राष्ट्रिय जगतले मुनलाई पनि उत्तरमा स्वागत गर्ने किम जङ उनको आग्रहलाई परिपक्व व्यवहारको रुपमा चर्चा गरेका छन् ।

किम जङ उनलाई दक्षिण कोरियामा परम्परागत कोरियाली सेनाको वेशभूषा लगाएका सिपाहींहरुले बाजागाजा सहित स्वागत गरेका थिए । किमलाई दुई जना दक्षिण कोरियाली बालबालिकाले पुष्प गुच्छा दिएर स्वागत गरेका थिए ।
सन् १९५०–५३ सम्म भएको कोरिया युद्धको अन्त्ययता दक्षिण कोरियाली भूमिमा पाइला राख्ने प्रजग कोरियाका प्रथम नेता किम जङ उन भएका छन् ।
दुई कोरियाबीच यसअघि दुई वटा शिखर सम्मेलन भए । ती दुवै सम्मेलन प्रजग कोरियाको राजधानी प्योङयाङमा भएका थिए । आज शुरु भएको शिखर सम्मेलन तेस्रो शिखर सम्मेलन हो ।
दुई कोरियाबीचको शिखर सम्मेलन पानमुनजोम गाउँको दक्षिण कोरिया खण्डमा बनेको शान्ति गृहको दोस्रो तल्लामा भइरहेको छ । दुई पक्षबीच कोरियाली प्रायःद्विपको शान्ति र समृद्धिबारे कुराकानी हुने बताइएको छ ।
प्रजग कोरिया र संरा अमेरिकाका राष्ट्रप्रमुखहरुबीच आगामी महिना भेटघाट हुने कार्यक्रम पनि तय भइसकेको छ ।
Leave a Reply