नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
सुर्खेत, २९ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा सुर्खेतको आयोजनामा बिहीबार कार्यकर्ता भेला भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरूङले देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिक ३२ वर्ष पूरा गरी ३३ वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “श्रमिक’ साप्ताहिकले मजदुर–किसानलाई राजनीतिक र वर्गीयरूपमा सचेत गर्ने काम गरेको छ । समाजवादी विचारधारा, विश्वका न्यायोचित सङ्घर्ष र आन्दोलनलाई ‘श्रमिक’ले प्राथमिकता दिई प्रकाशित गरिरहेको छ । जनतालाई राजनीतिक र वर्गीयरूपमा सचेत गर्ने काम ‘श्रमिक’ साप्ताहिकले गर्दै आएको हुँदा पत्रिका नियमित अध्ययन गर्नु जरूरी छ ।”
समाजवादी देशमाथि नाकाबन्दी, व्यापार युद्ध लाद्ने अमेरिकी साम्राज्यवादले एमसीसीजस्ता देशघाती सन्धि–सम्झौता गराएर विश्वमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेको हुँदा अमेरिकी साम्राज्यवादको विरोध गर्नु जरूरी छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सुर्खेत क्षेत्र नं २ का उम्मेदवार तुलसी खड्काले पुराना र नयाँ भनिएका शासक दलका उमेदवारहरू जुनसुकै रङ बदलेर आए पनि तिनीहरूबाट जनताको सेवा नहुने स्पष्ट पार्नुभयो ।
कर्णाली प्रदेश सदस्य एवं सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराले आफूलाई कम्युनिस्ट भन्न रूचाउनेहरूले समेत समाजवादी व्यवस्था स्थापना सम्भव छैन भन्दै जनतालाई भड्काइरहेका छन् भन्नुभयो ।
कार्यक्रममा प्रेमकुमार थापा, गणेश खड्का, इन्द्रप्रसाद न्यौपाने, ऐनबहादुर शाही, कुस्माखर खनाल र छत्रिका बिकले पनि बोल्नुभएको थियो ।
Leave a Reply