नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
कैलाली, २९ माघ । नेपाल मजदुर किसान पार्टीको आठौँ जिल्ला सम्मेलन तयारी समिति कैलालीको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवस माघ २८ गते कैलालीको क्षेत्र नं. ४ अन्तर्गत गौरीगंगा नगरपालिकाको वडा नं.११ शिवपुरमा भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले राजनीतिक व्यवस्था जस्तो छ त्यस्तै देशको नीति नियम बन्ने कुरा बताउँदै अहिलेसम्मका सरकारमा गएका शासक दलहरूले पँुजीवादी हितको निमित्त नियम बनाएकोले ती शासक दलहरू पुँजीवादी पार्टी भएको बताउनुभयो ।
उहाँले नेमकिपा भनेको बहुसङ्ख्यक कामदारवर्गको हितको निमित्त स्थापना भएको पार्टी भएको प्रस्ट्याउँदै नेमकिपाले मजदुर र किसानहरूको हित अनुकूल नीति नियम बनाउने समाजवादी व्यवस्था स्थापनाको निम्ति सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले नेमकिपाले वैदेशिक हस्तक्षेपको सधँै विरोध गरिरहेको उल्लेख गर्दै भेनेजुयलाका राष्ट्रपति माडुरोलाई अमेरिकी राष्ट्रपति ट्रम्पले अपहरण गरेकोमा नेमकिपाले विरोध तथा भत्र्सना गरेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले समाजमा जाति, धर्म तथा महिला पुरुषका आधारमा नभई वर्गका आधारमा विभेद हुने कुरा बताउँदै नेमकिपाले वर्गसङ्घर्षलाई जोड दिइरहेको बताउनुभयो । उहाँले बहुसङ्ख्यक काम गरी खाने मजदुर र किसानलाई थोरै पुँजीपतिवर्गले शासन गरिरहेको हुनाले कामदारवर्गले दुःख पाइरहेको बताउँदै समाजवादी व्यवस्थाले मात्र कामदारवर्गको हित हुने भएकोले कामदारवर्गको शासन व्यवस्था ल्याउन सम्पूर्ण कामदारवर्ग एक हुनुपर्ने बताउनुभयो ।
नेमकिपा कैलालीका सदस्य तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार तारा तिरुवाले नेमकिपा काम गरिखानेवर्गको हितको निम्ति स्थापना भएको बताउनुभयो । उहाँले महिलाहरू पनि राजनीतिक रूपमा सचेत हुनुपर्ने बताउँदै नेमकिपाले कामदार वर्गलाई राजनीतिक रूपमा सचेत गर्ने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ कैलाली सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार कैलालीको क्षेत्र नं. ४ का अमृता भुल, क्षेत्र नं. ३ का जुनु महतारा शाहीले पनि बोल्नुभएको थियो ।
कैलालीको क्षेत्र नं. ३ अन्तर्गत घोडाघोडी नगरपालिकाको वडा नं. १० तुल्सीपुर खल्ला र वडा नं. २ साडेपानीमा पनि मतदाताहरूको बिचमा भेटघाट कार्यक्रम भएको थियो ।
Leave a Reply