भर्खरै :

राष्ट्रघाती विधेयक र नीति पारित हुनबाट रोक्न संसद्मा नेमकिपा आवश्यक

राष्ट्रघाती विधेयक र नीति पारित हुनबाट रोक्न संसद्मा नेमकिपा आवश्यक

भक्तपुर, २९ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, प्रभात एकाइ समितिको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैंजूले अमेरिकाले दक्षिण एसियालाई उपयोग गरी एसिया महादेशमा तेस्रो विश्व युद्ध थोपर्ने दाउ खोज्दै रहेको चर्चा गर्दै अमेरिका विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा पुगेको चीनलाई विश्वयुद्धमा धकेल्न चाहन्छ भन्नुभयो ।
केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, “पँुजीवादी तथा साम्राज्यवादीहरू सामाजिक सञ्जालमाथि आधिपत्य जमाएर युद्ध सिर्जना गर्न प्रयासरत छन् । अमेरिकाले संयुक्त राष्ट्र सङ्घको समानान्तर हुने गरी बोर्ड अफिस बनाएको छ । साम्राज्यवादी अमेरिकाको पिछलग्गू जापानले अमेरिकाको निम्ति हिन्द–प्रशान्त क्षेत्रमा सैन्य अखडाहरू निर्माणमा सघाउन तयार रहेको छ । हालसालै जीफ्रि इस्स्टिन फाइल खुला आउँदा अब साम्राज्यवादीहरू राक्षसकै अवतार हुन् भन्नु अतिशयुक्ति नहोला ।”
नेमकिपाका वाग्मती प्रदेश सदस्य जीपीले नेमकिपा स्थापनाको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै नेमकिपाले आधा शताब्दीदेखि नक्कली कम्युनिस्ट, साम्राज्यवादी र देशद्रोही तत्वहरूविरूद्ध सङ्घर्ष गर्दै जनतालाई समाजवादी विचारबाट प्रशिक्षित गर्दै आएको छ भन्नुभयो ।
नेमकिपा आदर्श समाज निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको उल्लेख गर्दै उहाँले आदर्श समाजमा जनताका लागि शिक्षा–स्वास्थ्य निःशुल्क, देशभित्र रोजगारीको बन्दोबस्त र सामाजिक न्याय एवम् मानिसको सांस्कृतिक स्तर उँचो हुन्छ भन्नुभयो ।
नेमकिपाका निर्वाचित जनप्रतिनिधिहरूको अगुवाइमा भक्तपुर नगरपालिकाले विकास निर्माण र जनताको सेवामा गरेको कामलाई देशव्यापी प्रचार गर्नु जरूरी छ । संसद्बाट राष्ट्रघाती विधेयक र नीति पारित हुनबाट रोक्न नेमकिपाका प्रतिनिधिहरू ससद्मा पु¥याउनु जरूरी छ, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष मीरा दुगुजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति र शिक्षक अनिता देशेमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *