नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २९ माघ । “भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सर्कलका शैक्षिक संस्थाहरूप्रति अभिभावक एवम् आम जनताको आशा रहेको छ । यो आशालाई जगाइराख्न शिक्षक÷कर्मचारीहरूले अझ इमानदारीपूर्वक कर्तव्य पालन निर्वाह गर्नु आवश्यक छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज एवं मा.वि. सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बिहीबार ख्वप मा.वि.मा कार्यरत शिक्षक तथा कर्मचारीहरूमाझ व्यक्त गर्नुभएको हो ।
ख्वप कलेजहरूको शैक्षिक एवं भौतिक पूर्वाधार विश्वविद्यालय स्तरको रहे पनि शासक पार्टीहरूले विभिन्न बहाना बनाई स्वीकृति नदिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुरलाई लाई शैक्षिक गन्तव्यस्थल बनाउने र ख्वप विश्वविद्यालय स्थापना गर्ने लक्ष्य पूरा नभएसम्म भक्तपुर नगरपालिका निरन्तर लागिरहनेछ ।”
विश्वविद्यालयको शिक्षा अनुसन्धानमूलक गतिविधिमा केन्द्रित हुनुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले ख्वप सर्कलका कलेजहरूले दिने शिक्षा अनुसन्धानमूलक हुनुपर्छ भन्नुभयो ।
शिक्षक/प्राध्यापकहरू भनेका बुद्धिजीवी हुन्, बुद्धिजीवीहरूले देशलाई दिशा निर्देश गर्ने काम गर्छन्, यसतर्फ शिक्षकहरूले मनन गर्नुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
Leave a Reply