भर्खरै :

संसद्लाई देशभक्तहरूको जीवन्त सदन बनाउन जरुरी

संसद्लाई देशभक्तहरूको जीवन्त सदन बनाउन जरुरी

जुम्ला, १ फागुन । निर्वाचन नजिकिएसँगै नेमकिपाले चुनाव प्रचार अभियानलाई तीव्र बनाएको छ । पार्टीका नेता तथा उम्मेदवारहरू घरदैलोमा पुगेर जनतासँग भेटघाट गर्दै छन् । नेमकिपाको पार्टी स्थापना दिवस तथा चुनावी प्रचार अभियान दैलेख, बैतडी, कालीकोटमा झैँ जुम्लामा पनि भइरहेको छ ।
यस्तै चुनावी प्रचार कार्यक्रम तिला गाउँपालिकाका विभिन्न गाउँमा भयो । खोली, चिलाकोट र भीमकोट गाउँमा पनि भयो ।
खोली गाउँमा भएको प्रचारात्मक कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देश र जनताको पक्षमा इमानदारीपूर्वक सङ्घर्षरत दलका उम्मेदवारहरूलाई मतदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्ग्राम रावतको अध्यक्षतामा भएको सो प्रचारात्मक कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका कालीबहादुर बुढा, नेक्रा महिला सङ्घका गोरीकला भण्डारी, नेक्रामजदुर सङ्घका हरिबहादुर बोहोरा, तिलबहादुर रावत, कृषिविज्ञ जनक रावत र नवीन रावतले पनि बोल्नुभएको थियो ।
त्यस्तै अर्को कोणसभा चिलाकोट र भीमकोटमा गाउँमा पनि भयो ।
उक्त सभामा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पार्टीले गर्दै आएको सङ्घर्षबारे चर्चा गर्दै परिवर्तनको निम्ति कम्युनिस्ट पार्टीको जग हाली शोषित–पीडित जनताको पक्षमा सङ्घर्षरत नेमकिपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका गोरीकला भण्डारीले संसद्लाई जनताको पिर मर्का हेर्ने, देशको रक्षा गर्ने, देशभक्तहरूको जीवन्त सदन बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *