भर्खरै :

‘शासक दलहरुले देशको अर्थतन्त्र परनिर्भर बनाए’

‘शासक दलहरुले देशको अर्थतन्त्र परनिर्भर बनाए’

भक्तपुर, १ फागुन । सहकारी अध्ययन समाज नेपालको आयोजनामा शुक्रबार सहकारीकर्मीहरूबिच अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “गरिब र खेतीहर मजदुर–किसानको निम्ति सहकारी संस्थाको विकास भएको हो । नेपालमा सहकारी मन्त्रालय र विभागका माथिल्ला व्यक्तिहरूले ‘सहकारी संस्था’ लाई निजी बैङ्कहरूको दलालजस्तै बनाएको हुँदा लाखौँ लाख गरिब किसानको खर्बौँ रुपैयाँ बचत रकम ठगी पनि भयो । यो विषय नेमकिपाले संसद्मा निरन्तर उठाउनेछ ।”
“नेमकिपा देश र जनताको निःस्वार्थ सेवा गर्न स्थापना भएको हो । शासक दलहरूले देशको अर्थतन्त्र परनिर्भर बनाएर देशघात गरे । फागुन २१ गतेको प्रतिनिधिसभामा नेमकिपाका उम्मेदवारहरू देशैभरि निर्वाचित भएमा मात्र देशको अर्थतन्त्र माथि उठाउन ढोका खुल्नेछ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवं सहकारी अध्ययन समाज, नेपालका उपाध्याक्ष कृष्णगोविन्द लाखाजुले सहकारी क्षेत्रमा देखापरेका चुनौती र समाधानका विषयमा प्रस्तुतीकरण गर्दै सहकारी क्षेत्र सवल बनाउन देशभक्त र इमानदारीपूर्वक काम गर्दै आएका दल र त्यसका उम्मेदवारहरूलाई प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित गराउनुपर्नेमा जोड दिनुभयो ।
समाजका सदस्यद्वय राधेश्याम सुवाल र कृष्णेश्वरी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *