साम्राज्यवादी नीति रहेसम्म जनताले शान्ति र सुरक्षाको अनुभूति नपाउने
- फाल्गुन १२, २०८२
भक्तपुर, १ फागुन । गणेश माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक सत्र २०८२ को त्रैमासिक समीक्षा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शिक्षामा परिवर्तन आउनुमा अग्रजको योगदान रहेको बताउनुभयो ।
उहाँले ‘एक घर एक स्नातक’ मार्फत समाजलाई बुद्धिजीवीकरण गर्ने अभियानमा लागेको चर्चा गर्दै ख्वप सर्कल सञ्चालनमा धेरै कठिनाइ आए तापनि निरन्तरको प्रयासले भक्तपुर देशको शैक्षिक गन्तव्यस्थल बनेको विचार व्यक्त गर्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालनको लागि भौतिक पूर्वाधार तयार भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले शिक्षकहरूको मेहनतले सभ्य र सुसंस्कृत समाज निर्माण हुने बताउनुभयो । विद्यार्थीहरूमा स्वयम्सेवाको भावना जगाउनुपर्नेमा जोड दिँदै उहाँले मगन्ते प्रवृत्तिले समाज र देशको विकास नहुने बताउनुभयो ।
उहाँले आत्मनिर्भरताको सोच विकास गर्नुपर्ने उल्लेख गर्दै नपा लोप हुन लागेका मूर्त तथा अमूर्त सम्पदा जोगाउनमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी सहयोगले देशको विकास हुँदैन र देश सार्वभौम बन्दैन । विदेशी सहयोगबिना नपाले १७१ वटा सम्पदा पुनः निर्माण गरेकोले आज भक्तपुरको अलग पहिचान छ ।”
वैदेशिक रोजगारीको नाममा युवालाई विदेश पठाइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशको राजनीति राम्रो भयो भने हरेक क्षेत्र राम्रो हुन्छ भन्नुभयो । उहाँले भदौ २३ र २४ को जेन–जी आन्दोलनले देशलाई राज्यविहीनताको अवस्थामा पु¥याई देशको सम्पत्ति जलाएको बताउनुभयो ।
विद्यार्थीहरूलाई निरन्तर प्रगतिको बाटोमा लाग्न प्रेरित गर्दै उहाँले पठन संस्कृति विकास गर्नुपर्छ भन्नुभयो ।
संस्थापक सदस्य कृष्णबहादुर दुगुजूले विद्यालय स्थापना गर्न प्राप्त सहयोगबारे बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष श्यामकृष्ण खत्रीले विभिन्न बाधा अड्चन सामना गर्दै विद्यालय आजको अवस्थासम्म आउँदा समाजमा धेरै सकारात्मक परिवर्तन आएको बताउनुभयो ।
विद्यालयका प्रअ गणेशराम थुसाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय जनताको साथ र सहयोगले स्थापना भएको विद्यालयमा शिक्षकहरूको पनि उत्तिकै योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय सञ्चालनमा देखिएका समस्याहरूबारे बताउनुभयो ।
श्रमलाई माया गर्ने शिक्षा विद्यालयले दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
सहायक प्रअ लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभएको सो कार्यक्रममा शिक्षक रत्नप्रसाद फैजुले विद्यालयको त्रैमासिक समीक्षा प्रस्तुत गर्दै विद्यार्थी सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार र व्यवस्थामा चुनौती रहेको विचार व्यक्त गर्दै नतिजा सुधारोन्मुख रहेको बताउनुभयो ।
Leave a Reply