नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, १ फागुन । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक –५ कटुञ्जे एकाइ समितिको आयोजनामा ५२ औँ पार्टी स्थापना दिवस सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा सिद्धान्त र विचारमा चल्ने पार्टी भएको बताउँदै देश र जनताको निःस्वार्थ सेवाबाहेक नेमकिपाको अर्को उद्देश्य नभएको बताउनुभयो ।
उहाँले सरकारमा गएका पुँजीवादी पार्टीहरूको सिद्धान्तहीन र भ्रष्ट प्रवृत्तिका कारण देश जटिल स्थितिमा पुगेको बताउनुभयो ।
उहाँले शासक पार्टीहरूको विदेशीसामु आत्मसमर्पण गरेकै कारण देशको प्राकृतिक स्रोत र साधन साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको हातमा पुगिसकेको बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादले एसियालाई अस्थिर पार्न हिन्द प्रशान्त रणनीति लागु गरेर नेपालसित एमसीसी सम्झौता गरेको र जेन–जी आन्दोलनको बहानामा सिंहदरबार जलाउने दलालहरू तयार पारेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश वैद्यले नेमकिपाले सदन र सडकमा देश र जनताको अधिकतम हितको रक्षाका निम्ति प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।
नेमकिपाले राजनीतिलाई निःस्वार्थ रूपमा जनताको सेवा गर्ने माध्यमको रूपमा लिँदै आएको बताउँदै निर्वाचनमा हारजित जे भए पनि निर्वाचन घोषणापत्रमा गरेको वाचाअनुसार सक्रिय रहने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेले नेमकिपाले किसान र मजदुरलगायत कामदारवर्गको जनताको उत्थानको निम्ति सङ्घर्ष गर्दै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा आयोजक समितिका राजेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।
Leave a Reply