शैक्षिक सुधारबारे ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा छलफल
- फाल्गुन १०, २०८२
भक्तपुर, १ फागुन । वागीश्वरी कलेज, कमलविनायकमा सञ्चालित तीनमहिने (५० घण्टे) लेखा प्राविधिक तालिम आज सम्पन्न गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त तालिम समापन कार्यक्रममा उहाँले उच्च शैक्षिक योग्यताका साथै व्यावहारिक र व्यावसायिक सीप पनि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “शैक्षिक योग्यता भएर पनि हातमा कुनै सीप नभएकाहरू बेरोजगार भएर बसेका धेरै उदाहरणहरू छन् । उच्च शैक्षिक योग्यता नभएर पनि हातमा सीप भएकाहरूलाई कहिल्यै फुर्सद हुँदैन । त्यसैले कलेजले शैक्षिक योग्यतासँग व्यावसायिक दक्षताको सीप प्रदान गर्न यस्तो तालिमको व्यवस्था गरेको हो ।”
उहाँले कक्षामा पढाउँदा वा यस्तो तालिम दिँदा सबैलाई समान ढङ्गले पढाए वा सिकाए पनि विद्यार्थीको फरक फरक गुणले नतिजा फरकफरक आउने चर्चा गर्दै उत्कृष्टताकोे लागि सबैले आफ्नो मौलिकता प्रदर्शन गर्ने सोच आवश्यक हुन्छ भन्नुभयो ।
वागीश्वरी कलेजको मौलिकता समाजको लागि सीपयुक्त जनशक्ति उत्पादन गर्ने हो भन्दै उहाँले विद्यार्थीहरू सांस्कारिक र व्यावहारिक हुनुपर्ने दृष्टान्तहरू दिनुभयो ।
व्यापारीकरणले शिक्षा महँगो भएको वर्तमानमा वागीश्वरी कलेजले सस्तोमा स्तरीय शिक्षा प्रदान गरिरहेको कुरा स्वयं विद्यार्थीहरू साक्षी भएको उल्लेख गर्दै उहाँले ठुला र महँगा कलेजहरू पनि वागीश्वरीको अवलोकन गर्न आएबाट यसको गुणस्तरीयता पुष्टि हुन्छ भन्नुभयो ।
विद्यार्थीले आर्जन गरेको योग्यता र सीप देश र जनताको सेवामा लगाउनुपर्ने सुझाव दिंदै उहाँले कुनै पनि विद्यार्थीलाई अनुशासन र दृढ इच्छाशक्तिसहितको निरन्तर प्रयासले सफलतामा पु¥याउने विचार व्यक्त गर्नुभयो ।
हाल वागीश्वरी कलेजमा ५९ जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको बताउँदै उहाँले युवा विद्यार्थीहरू विचारविनाको भीड बन्यो भने त्यो अराजक बन्ने खतरा हुन्छ भनी सचेत पार्नुभयो । उहाँले भन्नुभयो, “सही नेतृत्व र नीतिले मात्र देश बन्छ† लहलहैमा लाग्नुहुदैन ।”
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कोर्सको सैद्धान्तिक पक्षलाई व्यावहारिक बनाउन कलेजले दिएको लेखा प्राविधिक तालिम अत्यन्त सान्दर्भिक र विद्यार्थीको लागि उपयोगी हुने बताउँदै विद्यार्थीले यसलाई महत्वपूर्ण पुँजीको रूपमा उपयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीको योग्यता र क्षमता नै कलेजको शक्ति हो भन्दै विद्यार्थीको त्यही शक्तिको आधारमा कलेजले क्यूएए प्राप्त गरेको बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्थशास्त्र विषयका शिक्षक मीरा प्रजापति, प्रशिक्षक आशिष साखकर्मी र प्रशिक्षार्थीहरूमध्येबाट रामकुमार बस्नेतले तीन महिनाको तालिमको अनुभव बताउनुभएको थियो ।
सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
Leave a Reply