वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
हेटौंडा, १४ बैशाख । प्रदेश नं ३ को प्रदेश सभाको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सभामुख सानु श्रेष्ठले प्रथम अधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् ।
प्रथम अधिवेशनबाट स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिकसम्बन्धि विधेयक, स्थानीय तहका सभाहरु सञ्चालनसम्बन्धि विधेयक, विनियोजन विधेयक र आयव्यय सम्बन्धि विधेयक पारित गरेको छ । साथै प्रदेश नं ३ का सभामुख सानु श्रेष्ठले प्रदेश राजधानी सम्बन्धि विविध प्रस्तावहरु आएको हुनाले प्रदेशको स्थायी राजधानीसम्बन्धि सम्भाव्यता अध्ययन गर्न १३ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट पाँच जना, माओवादी केन्द्र र काँग्रेसबाट दुई दुई जना र अरु पार्टीहरुबाट एक एक जना प्रतिनिधि सदस्यको रुपमा राखिएको छ ।
कार्यदलको संयोजक भने तोकिएको छैन ।
Leave a Reply