भर्खरै :

विदेशी चलखेलले देशमा अराजकता

विदेशी चलखेलले देशमा अराजकता

भक्तपुर, २ फागुन । नेमकिपा सूर्यविनायक निर्वाचन परिचालन समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले सङ्गठित शक्तिले मात्रै परिवर्तन हुने उल्लेख गर्दै देशघाती एमसीसी सम्झौताले देशमा विदेशी चलखेल बढेको हुँदा सचेत हुनुपर्छ भन्नुभयो ।
“नेपालको इतिहासमा थुप्रै शासन फेरियो तर शासकहरूमा संस्कार, आचरण फेरिएन । जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । देशमा समाजवादी व्यवस्था नआएसम्म गरिब, मजदुर, कामदार जनताको साँचो स्वर्ग नआउने भएकोले समाजवादको निम्ति निरन्तर सङ्घर्ष आवश्यक छ”, उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार रमेश वैद्यले राजनीति देश र जनताको निःस्वार्थ सेवा हो, पेसा होइन† ठुला राजनीतिक दलहरूले राजनीतिलाई आफ्नो स्वार्थपूर्ति गर्ने माध्यम बनाएको कारण देशले यो दूर्दशा भोग्न परेको हो भन्नुभयो ।
जनताले परिवर्तन खोजेको समयमा राजनीतिक सक्रियता बढाउन सके संसद्मा थप एक जना जनताका वकिल/प्रतिनिधि पुगेर देश र जनताको पक्षमा काम गर्ने वातावरण मिल्ने हुँदा सम्पूर्ण कार्यकर्ताको सक्रियता आवश्यक छ भन्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका महेन्द्र बखुन्छेँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *