भर्खरै :

विदेशी चलखेलप्रति नेपाली जनता सचेत हुनुपर्ने

विदेशी चलखेलप्रति नेपाली जनता सचेत हुनुपर्ने

भक्तपुर, २ फागुन । नेपाल मजदुर किसान पार्टी ६ वडा एकाइ समितिको आयोजनामा निर्वाचन परिचालन समिति गठन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले विगतको मोहीयानी हक कायम गराउने आन्दोलन, साँढे धपाउने आन्दोलन, सुस्तामाथि अतिक्रमणविरुद्धको आन्दोलनको स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीले देश र जनताको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
काङ्ग्रेस, एमाले, माओवादीले पटक–पटक देशमा शासन गरे तापनि नेपाली जनताको आर्थिक जीवनस्तर माथि नउठेको र नेपाली जनतालाई प्रतिव्यक्ति एक लाखभन्दा बढी ऋण बोकाएको उहाँले बताउनुभयो ।
नेपाली जनता सचेत भएर मतदान गर्नुपर्ने उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनलाई अमेरिका र युरोपेली देशहरूले मलजल गरेको र यसतर्फ नेपाली नागरिकले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले विगतका आन्दोलनहरूको स्मरण गर्दै नेपाली जनताको पक्षमा नेमकिपाले सडक र सदनमा सशक्त रूपमा आवाज उठाइरहेको बताउनुभयो ।
नेमकिपाले किसानको मोहीयानी हक कायम गराउन गरेका सङ्घर्ष र आन्दोलनबारे चर्चा गर्दै उहाँले फागुन २१ गते हुने चुनावमा देशभक्त प्रतिनिधिलाई छान्नुपर्ने बताउनुभयो ।
नेमकिपा ६ वडा एकाइ समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको कार्यक्रममा सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
भेलाले गोपीकृष्ण चाँगुभारीको अध्यक्षतामा नेमकिपा ६ वडा निर्वाचन परिचालन समिति गठन ग¥यो । साबिक चोछेँ भेगीय निर्वाचन परिचालन समिति पूर्णभक्त सुवालको अध्यक्षतामा गठन गरियो भने साबिक भोलाछेँ भेगीय निर्वाचन परिचालन समिति तुल्सीप्रसाद खाताखोको अध्यक्षतामा गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *