भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
कैलाली, २ फागुन । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा जानकी गाउँपालिका वडा नं २ गौडीमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले प्रतिनिधिसभाको निर्वाचन देशको नीति, नियम र कानुन बनाउने थलो हो भन्नुभयो । उहाँले जनताको हितमा कुन पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ त्यही पार्टीलाई मत दिन आग्रह गर्नुभयो । राजनीतिबाट कोही पनि टाढा रहन नसक्ने हुँदा जनता राजनीतिक रूपमा सचेत र सङ्गठित हुन आवश्यक भएको उहाँले बताउनुभयो ।
पुँजीवादी पार्टीले निर्वाचनलाई भ¥याङ बनाई देशलाई बर्बाद पारेको उल्लेख गर्दै उहाँले पुँजीवादी पार्टी जसले जिते पनि कामदार जनताको जीवनस्तरमा कुनै परिवर्तन हुनेछैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं कैलाली संयोजक रमेशकुमार रावलले निर्वाचनलाई जनताको चेतना स्तर नाप्ने व्यारोमिटरको रूपमा उपयोग गरिरहेको बताउनुभयो । निर्वाचन घोषणापत्र र विचारको लडाइँ भएको स्पष्ट पार्दै उहाँले नयाँ विचार भनेको शिक्षा, स्वास्थ्य निःशुल्क र रोजगारीको ग्यारेन्टी गर्नु हो भन्नुभयो ।
वैदेशिक हस्तक्षेपको विरोध गर्ने एउटै पार्टी नेमकिपा भएको उल्लेख गर्दै उहाँले पुँजीवादी निर्वाचनबाट समाजवाद नआउने स्पष्ट पार्नुभयो । उहाँले समाजवादी व्यवस्थाबिना कामदार जनताले सुख पाउने छैनन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव एवं कैलाली क्षेत्र नं २ का उम्मेदवार लक्ष्मी पुन मगरले नेपाल मजदुर किसान पार्टी कामदार जनताको हितमा नीति नियम बनाउन संसद्मा सङ्घर्ष गर्ने बताउनुभयो । बहुमत कामदार जनताको मुक्ति समाजवादमा हुने भएकोले समाजवाद स्थापनाका लागि नेमकिपाको चुनाव चिन्ह मादलमा भोट हाल्न उहाँले अनुरोध गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलाली सदस्य धनबहादुर थापामगरले कामदार जनतालाई दुःख दिने पुँजीवादी व्यवस्थालाई फालेर समाजवादी व्यवस्था ल्याउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply