भर्खरै :

सानै उमेरदेखि नैतिक शिक्षा दिन सके भोलिको सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने

सानै उमेरदेखि नैतिक शिक्षा दिन सके भोलिको सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने

भक्तपुर, २ फागुन । महेन्द्र विद्याश्रमको ४१ औँ स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने र भोलिको उज्ज्वल भविष्य निर्माण गर्ने थलो भएको हुँदा विद्यालयले गुणस्तरीय शिक्षा दिन मेहनत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीलाई समान व्यवहारका साथै सानै उमेरदेखि नैतिक शिक्षा दिन सके भोलिको सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय–कलेजहरूमा छात्रा सङ्ख्या बढिरहको राम्रो सङ्केत हो । महिलाहरू नेतृत्व तहमा पुग्नु भनेको सकारात्मक परिवर्तनको सन्देश हो ।”
भनपाले शिक्षा, स्वास्थ्य, सम्पदामा जोड दिनुका साथै युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले भक्तपुरको शैक्षिक गुणस्तर वृद्धिमा यहाँका विद्यालयहरूको मेहनत नै प्रमुख रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।”
विद्यालयका संस्थापक महेन्द्र मास्केको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रअ अनिल श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक ज्योति श्रेष्ठ, अभिभावक प्रतिनिधि गङ्गाराम धुख्वा र शिक्षक–अभिभावक सङ्घका अध्यक्ष सुमन परियारले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्रअको प्रतिवदेनमा विद्यालयले शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको, दैनिक जीवनलाई आवश्यक क्रियाकलाप सिकाइरहेको र सीपमूलक शिक्षा दिइरहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *