भर्खरै :

सरकारले भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्ने

सरकारले भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्ने

भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आइतबार भनपा वडा नं. १ निर्वाचन परिचालन समिति कार्यालयको एक समारोहबिच उद्घाटन गर्नुभयो ।
उक्त उद्घाटन कार्यक्रममा देशमा अमेरिकी चलखेल बढिरहेको उल्लेख गर्दै उहाँले एमसीसी सम्झौता खारेज गराउन नेमकिपाले सदन र सडकमा सङ्घर्ष गरेको बताउनुभयो ।
निर्वाचन पनि एक वैचारिक सङ्घर्ष भएको उल्लेख गर्दै उहाँले हरेक मतदाताको अमूल्य भोट कसैको लोभलालच र लहैलहैमा हाल्न नहुने बताउनुभयो ।
अमेरिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई उपयोग गरेर युवाहरूलाई परिचालन गरी देशमा घुसपैठ भइरहेको तर्फ सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेमकिपाले देश र जनताको पक्षमा इमानदारीपूर्वक सेवा गर्न सङ्घर्ष गरिरहनेछ भन्नुभयो ।
विदेशी ऋणले देश डुबिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भ्रष्टाचारकै कारण देश विश्वमा बदनाम भइरहेको
हुँदा सरकारले भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन परिचालन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले देश र जनताप्रति समर्पित दल नेमकिपाप्रति जनताको विश्वास बढ्दै गएको बताउनुभयो ।
कल्पना शिल्पकारले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *